s

रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु

काठमाडौं : रुसी सेनामा भर्ना भएका थप ३ जनाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुनेको संख्या १० पुगको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार मृत्यु हुनेमा धादिङका राजकुमार गिरी, स्याङ्जाका हरिप्रसाद अर्याल र कैलालीका भरतबहादुर शाह छन्। उनीहरूको रुस-युक्रेन युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयको भनाइ छ।

यसअघि रुसी सेनामा कार्यरत ७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कुन्दन सिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कस्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका थिए।

सरकारले ज्यान गुमएका नेपालीहरूको शव पठाइदिन रुसी सरकासँग आग्रह गरेको छ। मन्त्रालयले यसअघि नै नेपालका लागि रुसका राजदूतमार्फत् रुसी सेनामा भर्ना भई निधन भएका नेपालीहरूको शव यथाशीघ्र नेपाल पठाउन र घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको थियो। प्रवक्ता राईले सरकारले पुनः नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन आग्रह गरेको बताए।

त्यस्तै चार जना नेपाली युक्रेनमा बन्दी बनाइएका छन्। बन्दी बनाइनेमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पनेरु रहेका छन्। उनीहरूको पनि रिहाइका लागि पनि युक्रेनसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

Published on: 3 January 2024 | Annapurna Post

Link

Back to list

;