s

रुसी सेनाबाट नेपालीलाई फर्काइदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाका लागि आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।

अभियन्ता कृतु भण्डारीसहित रुसी सेनामा कार्यरत नेपालीका आफन्तहरूले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा रुसी सेनामा भर्ती भएका नागरिकको सकुशल उद्धार गर्न, युद्धमा घाइते भएकाहरूको उचित उपचार, क्षतिपूर्तिसहित स्वदेश ल्याउन, युक्रेनमा युद्धबन्दी रहेका पाँचजनाको सकुशल उद्धार गर्नसहित विभिन्न १३ वटा मागहरू राखिएका छन्।

यसअघि अभियन्ता भण्डारीसहित तीनजनाले रुसी सेनामा कार्यरत नेपालीको उद्धारको माग गर्दै १७ दिनसम्म आमरण अनशन गरेका थिए। त्यसबाहेक राजधानीमा विभिन्न दबाबमूलक कार्यक्रमहरू भइरहेका छन्।

Published on: 8 May 2024 | Nagarik

Link

Back to list

;