s

रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न श्रम मन्त्रालयले बनायो समिति

१४ मंसिर, काठमाडौं। रुसी सेनामा नेपाली नागरिकको संलग्नतबारे अध्ययन गर्न श्रम रोजार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो ।

केही दिन अघि युक्रेन–रुस युद्धमा नेपाली मुलुकका तीन जना नेपाली मुलुकको नागरिकको मृत्यु भएको घटना सावर्जनिक भएको थियो ।

मन्त्रालयका सह–सचिव राजिव पोखरेलले रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न र सुझावसहितको प्रतिवदेन पेश गर्ने गरी समिति बनाएको बताए ।

‘रुस–युक्रेन युद्धमा भिजिट र विद्यार्थी भिषामा नेपालीहरु पुगेको भन्ने कुरा बाहिर आएको छ’ उनले भने, ‘त्यसरी पुगेकाहरु वैध/ अवैध रुपमा कसरी नेपालीहरु गए भन्नेबारे अध्ययन गर्नेछ ।’

मन्त्रलययका सह-सचिव समेत रहेका पोखरेलले समितिले कुवेत लगायतका भिजिट भिषमा गएर लेवर भिषामा परिवर्तन गर्ने घटना बढेकाले त्यसबारे पनि समितिले अध्ययन गर्ने अनलाइनखबरलाइ बताए । उनले यसबारे समितिले अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्ने बताए ।

Published on: 1 December 2023 | Onlinekhabar

 

Link

Back to list

;