s

रुस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै रुस र युक्रेनबीच भइरहेको युद्धका क्रममा नेपालीहरू विभिन्न गैरकानुनी बाटो प्रयोग गरी रुसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको बताउँदै आयोगले दुवैतर्फको सेनामा कार्यरत नेपालीको उद्धार गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो।

आयाेगले नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य रहेकाे बताएकाे छ।

विज्ञप्तिमा भनिएको छ, ‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यसप्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

Published on: 18 December 2023 | Naya Patrika

 

Link

Back to list

;