s

रुस-युक्रेन युद्धमा मारिएका हरिप्रसादको कुशको शव बनाएर दाहसंस्कार

स्याङ्जा : स्याङ्जा वालिङ नगरपालिका १४ मान्खुका २३ वर्षीय हरिप्रसाद अर्याल रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा परेर कहिल्यौ नफर्कने गरी अस्थाए।

मंसिर २२ (८ डिसेम्बर २०२३) सम्म परिवारको सम्पर्कका रहेका हरिप्रसाद त्यसपछि सम्पर्कमा आएनन्। ८ डिसेम्बरदेखि सम्पर्कमा नआएपछि रुसमै रहेका भाइका साथीहरुसँग सम्पर्क गर्दा युक्रेनविरुद्धको लडाइँमा मृत्यु भएको सुनाएको हरिका माइला दाजु राजु बताउँछन्।

भाइको त्यस्तो खबर सुनेदेखि भाइलाई सम्झंदा शरीर नै जिरिङ जिरिङ हुने गरेको भावुक हुँदै राजुले भने।

२ कक्षा उत्तीर्ण भएपछि हरिप्रसाद नेपाली सेनामा भर्ती भएका थिए। नेपाली सेनामा ३ वर्षदेखि खाँदै आएको जागिर छाडेका हरिप्रसाद राम्रो तलब पाउने देशमा गएर प्रहरीमा काम गर्न चान्थे।

त्यही महत्वकांक्षाले उनी हुँदाखाँदाको जागिर छाडेका थिए। निम्न मध्यम वर्गाीय परिवारका तीन दाजु भाहरुमा हरिप्रसाद अर्याल कान्छा छोरा हुन्। ७९ वर्षीय बुबा रुद्रप्रसाद केही गर्ने हुटहुटी भएको कान्छो छोराले कलिलो उमेमै छाडेर गएपछि गहिरो शोकमा छन्। आमा बालकुमारी र दिदी, दाजुहरु लगायत अर्याल परिवार र गाउँ नै यती बेला शोकमा छ।

हरिप्रसादका बुबा रुद्रप्रसादले भारतको पीडब्लुडी नीजी कम्पनीमा काम गरेर पेन्सनमा निस्के पनि पेन्सन त्यति सन्तोष जनक आउँदैन। जेठा छोरा कमल र माहिला राजु पनि वैदेशिक रोजगारको क्रममा दुबइमा काम गर्छन्। कमल नेपाल आएर ५ महिनाअघि पुन कामका लागि दुबई गएकोले छ्ट्टी नपाएर भाइको दाहसंस्कारमा सहभागी हुन पाएनन्। राजु भने दशैं तिहारअघि नै नेपाल आएका थिए। छुट्टी सकेर जाने तरर्खर गर्दै गर्दा रुसमा गएको भाइको दुःखद खबर सुनेपछि बिदा बढाए। भाइको क्रियाकर्म सकेपछि उनी माघ २५ गते दुबइ उड्दै छन्। भाइ कसरी रुसी सेनामा भर्ना हुन पुग्यो थाहा नै नभएको उनी सुनाउँछन्।

दाजुहरुको दुबैको कामबाट आम्दनी कम हुने र आफ्नो पनि नेपाली सेनाको जागीरबाट कम आम्दानी हुने भन्दै हरिप्रसाद जागिर छाडेर राम्रो आम्दानी हुने देशमा जान चाहान्थे। त्यही चाहानाले जागिर छाडेका हरिप्रसाद दलाल र साथीको सारमा लागेर दुबइ हुँदै रुस पुगेनन मात्र रुसी सेनामा भर्ती पनि भए। युक्रेन विरुद्धको लडाइमा परेर सधैकालागि अस्ताए।

वालीङ बजारदेखि आधा घण्टाको गाडी यात्रामा पुगिने स्याङजाको मान्खु गाउँमा रुद्रप्रसादको दुई हलको खेत र पाखो बारी छ। खेती गरेपनि बादरले खाने भएपछि उनको परिवारनै वालीङ झरेर भाडामा बस्दै आएका छ्न्। जेठो दाजुको परिवार संग बस्दै आएका वृद्ध बुबा आमालाई राम्रो घर बनाएर आफ्नै घरमा सार्ने र बिहे पनि गर्ने हरिप्रसादको धोको थियो। नियतीले पुरा हुन दिएन।

बुबा आमालाई सुविधा सम्न्न आफ्नै घरमा राखेर दुःख, विरामी हुँदा राम्रो अस्पतालमा लगेर उपचार गराउने उसको योजना पूरा नहुँदै अस्ताएको उनका काका बुद्धी अर्याल बताउँछन्।

बुढेसकालको शरीर,दमको बिरामी, कान्छा पुत्रको वियोगले रुद्रप्रसाद बेला बेलामा भक्कानिन्छन्। कान्छा छोरा विदेशी भूमीमा गुमाएका रुद्रप्रसादका जेठा र महिला छोरा पनि दुबईमा काम गर्छन र बेला बेलामा घर आउँजाउँ गर्छन्। माघ २५ मा कामकालागि पुन दुबई जाँदै गरेका रुद्र प्रसादका महिला छोरा राजु घर खर्च, बच्चाबच्चीको पढाइ, उपचार खर्च पुग्ने खालको देशमै रोजगार नपाउँदा विदेशिनु परेको बताउँछन्। सरकारले घर चलाउन पुग्नेसम्मको देशमै रोजगारका अवसर सृजना नगर्दा विदेशिनुको विकल्प नरहेको भावुक हुँदै उनले सुनाए।

कुशको शव बनाएर दाहसंकार

रुसी सेनामा भर्ती भएपछि परिवारसँग नियमित सम्पर्कमा रहेका हरिप्रसाद मंसिर २२ देखि सम्पर्कमा थिएनन्। उनको अवस्थाबारे परिवाले सोधीखोजी गर्दा रुसमा रहेका उनकै साथीहरुले युक्रेनविरुद्धको लडाइँमा परेर मृत्यु भएको जानकारी दिए।

परराष्ट्र मन्त्रायल मार्फत लिष्टिङसहित हरिप्रसाद नरहेको जानकारी वडा कार्यालयमा आइपुगेपछि परिवारले पत्याउन करै लाग्यो। दुःखद घट्ना भएको बारे वडा अध्यक्षले नै जानकारी दिएपछि शव ल्याउन सक्ने नसक्न विषयमा परिवारमा छलफल भयो। सरकरी निकायसँग हारगुहार गर्दा पनि शव ल्याउन नसक्ने टुंगोमा पुगेपछि परिवारले शुक्रबार कुशको शव बनाएर रामदी स्थित कालीगण्डकीमा दाहसंस्कार गरेको आफन्त बुद्धि अर्यालले बताए।

समाजिक सञ्जालमा एक्टिभ थिए हरिप्रसाद

रुसी सेनामा भर्ती भएपछि पनि हरिप्रसाद सामाजिक सञ्जालमा एक्टिभ थिए। रुसी सेनाको पोशाकमा सेल्फी भिडियो खिचेर बेला बेलामा पोष्ट गरिरहन्थे।

null२८ अक्टोबर २०२३ मा हरिले सानु तिम्ले नमान टेन्सन बाँचे तलब मरेत पेन्सन, लाहुरे सिपाइ दाई भन्ने गीत गाउँदै खिचेको सेल्फी भिडियो पोष्ट गरेका थिए। कोठाभित्र खिचेको भिडियोमा साथीहरु पनि सेनाको पोशाकमा मोबाइल चलाएको दृश्य देखिन्छ।

१५ नोभेम्बर २०२३ मा उनले आजसम्मको बसाई राम्रो भो अबको दिन पनि राम्रो होस् भनी भगवान ईश्वर प्रति आशा राख्दै अगाडि बडेको छु लेखेर पोष्ट गरेका थिए।

३ डिसेम्बर २०२३ मा उनले सेनाको पोशाकमा हतियारसहित खिचेको तस्बिर पोष्ट गरेका थिए। ४ डिसेम्बरमा उनले यस्तै छ जिन्दगी बाँचे भेट मरेत यतिकै लेखेर साथीहरुसंगै हातहतियार सहित सेनाको पोशाकमा युद्धमा जाँदै गरेको सेल्फी भिडियो पोष्ट गरेका थिए।

त्यसपछि उनले फेसबुकमा कुनै सामाग्री पोष्ट गरेको देखिंदैन। उनका परिवारले डिसेम्बर ८ देखि उनी सम्पकमा नआएको बताएका थिए।

Published on: 22 January 2024 | Annapurna Post

Link

Back to list

;