s

रुखले किचेर भारतमा २ नेपालीको मृत्यु

सुरेशराज न्यौपाने

भारतको हिमाचल राज्यमा रुखले किच्दा २ नेपालीको मृत्यु भएको छ । हिमाचलको नारकन्दा जिल्लामा विगत दुई दिनदेखि भएको वर्षाले रुख ढलेर घाइते सात जना नेपालीमध्ये २ को मृत्यु भएको हो । उनीहरू सबैजना मजदुरी गर्दै आएका थिए ।

मृत्यु हुनेमा बाँके विनाउना चिलहरियाका सन्तबहादुर पुन मगर र अर्जुन बुढा मगर छन्।

अन्य घाइतेहरुमा भीमबहादुर, कृष्ण, रणवीर, रमन, समीर छन्।घाइतेहरु सबै राप्तिसोनारी गाउँपालिका-४ का बासिन्दा हुन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। आइतबार बिहान उनीहरू बस्दै आएको घरमाथि रुख ढलेको थियो। घाइतेहरुलाई तत्कालै सीमलाको इन्दिरा गान्धी मेडिकल कलेज पुर्‍याइएको थियो।

Published on: 18 August 2019 | Kantipur

Back to list

;