s

रोमानियामा कार्यरत पाँच सय नेपालीलाई दिइयो बेतलबी बिदा

पछिल्लो समय रोजगारीका लागि युवाहरूको आकर्षक गन्तव्य बनेको युरोपेली मुलुक रोमानियामा कार्यरत पाँच सय नेपाली श्रमिकलाई रोजगारदाताले बेतलबी बिदामा राखेका छन् । 

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मेड सर्भिस, निर्माण र अन्य क्षेत्रमा कार्यरतमध्ये हस्पिटालिटी क्षेत्रमा कार्यरत पाँच सय श्रमिकलाई बेतलबी बिदामा राखिएको हो । 

त्यस्तै, निर्माण तथा अन्य क्षेत्रमा रहेका एक हजार कामदारलाई रोजगारदाताले ७५ प्रतिशत पारिश्रमिक उपलब्ध गराउने गरी बिदामा राखेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए । 

महासचिव श्रेष्ठका अनुसार रोमानियास्थित महावाणिज्यदूत नवराज पोखरेलले श्रमिक र रोजगारदाताबीच यस्तो सहमति गराउन सफल भएको बताए ।

रोमनियामा करिब २५ सय नेपाली कामदार रहेको सरकारी अनुमान छ । 

हालसम्म रोमानियामा कोरोना भाइरसको संक्रमणबाट ८२ जनाले ज्यान गुमाएका छन् भने दुई हजार दुई सय ४५ जान संक्रमित भएका छन् । 

त्यस्तै, दुई सय २० जना उपचारपश्चात् निको भएका छन् ।

Published on: 1 April 2020 | Nayapatrika

Link

Back to list

;