s

रोजगारका लागि कंगो खोल्न गृहकार्य

दिनेश रेग्मी
वैदेशिक रोजगारका लागि सरकारले नयाँ गन्तव्यका रूपमा मध्य अपि|mकी मुलुक गणतन्त्र कंगो खोल्न गृहकार्य सुरु गरेको छ । सरकारले हालसम्म १ सय ८ देश खुला गरेको छ । 

श्रम तथा रोजगार मन्त्रालयले गणतन्त्र कंगोमा वैदेशिक रोजगारको अवस्थाबारे अध्ययन भइरहेको जनाउँदै हालसम्म सकारात्मक जानकारी आएको बताएको छ । व्यवसायीहरूले कंगोबाट नेपाली कामदारको माग आएको बताएपछि मन्त्रालयले विभिन्न क्षेत्रसँग राय संकलन गरेको छ । 'कंगोमा रोजगारीलाई खोल्न उपयुक्त हुन्छ कि हुँदैन भनेर परराष्ट्रलगायत विभिन्न क्षेत्रसँग छलफल भइरहेको छ,' श्रम मन्त्रालयका निमित्त सचिव तथा प्रवक्ता बुद्धिबहादुर खड्काले कान्तिपुरलाई भने, 'अहिलेसम्म सकारात्मक देखिएको छ तर निर्णयमा पुग्न बाँकी छ ।' कंगो नामका दुई देश -लोकतान्त्रिक गणतन्त्र कंगो र गणतन्त्र कंगो) रहेकामा सरकारले गणतन्त्र कंगो खोल्ने प्रक्रिया अघि बढाएको हो । राजधानी ब्राजाभिले रहेको सानो देश गणतन्त्र कंगोसँग नेपालको कूटनीतिक सम्बन्ध २२ सेप्टेम्बर २००६ देखि छ । किन्सासा राजधानी रहेको ठूलो देश लोकतान्त्रिक गणतन्त्र कंगो द्वन्द्वग्रस्त मुलुक हो । नेपालसँग कूटनीतिक सम्बन्ध कायम नभएको लोकतान्त्रिक कंगोमा राष्ट्र संघीय शान्ति सेनामा भने नेपाली सैनिक कार्यरत छन् । 

गणतन्त्र कंगो अवस्था र रोजगार सम्भाव्यताबारे दक्षिण अपि|mका र इजिप्टमा रहेका नेपाली दूतावासले परराष्ट्रलाई समेत जानकारी गराएका छन् । सरकारले कंगो हेर्ने दूतावास निक्र्योल गरेको छैन । 

परराष्ट्रका अनुसार कंगोले अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेकाले रोजगारका लागि एउटा सकारात्मक पक्ष भएको जनाएको छ । कंगोले २००८ मा आप्रवासी कामदार तथा तिनका परिवारको अधिकारसम्बन्धी राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरेको छ । संख्या यकिन नभए पनि विभिन्न माध्यमबाट कंगो पुगेर केही नेपालीले काम गरेको जानकारी आएको छ । हाल त्यहाँ कार्यरत चिनियाँ बहुराष्ट्रिय कम्पनीले नेपाली कामदारको माग गरेका छन् ।

श्रम मन्त्रालयका अनुसार कंगोमा श्रमिकको सुरक्षा, पेसागत रूपमा न्यूनतम तलब, रोजगारीका क्षेत्रहरू, लागत खर्चलगायत विषयमा अध्ययन भइरहेको जनाएको छ । पेट्रोलिय पदार्थ मुख्य स्रोत रहेको कंगोमा त्यससँग सम्बन्धित उद्योग, कृषि, होटल, रेस्टुरेन्ट, पाम आयल, सिमेन्ट, साबुन, फूलजन्य क्षेत्र र चुरोट कारखानामा कामको सम्भावना देखिएको मन्त्रालयमा खबर आएको छ ।

कंगो कस्तो छ ? १५ अगस्ट १९६० मा प|mान्सको उपनिवेशनबाट स्वतन्त्र भएको कंगोको अधिकारिक भाषा फेन्च र स्थानीयस्तर विभिन्न अपि|mकी भाषी छन् । विभिन्न स्रोतहरूका अनुसार करिब ४४ लाख जनसंख्या भएको कंगोमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरको हाराहारीमा छ । मानव अधिकार हनमा प्रश्न उठिरहने कंगोमा एचआईभी एड्सको समस्या चुनौती बनेको छ  । १ लाख २० हजार न्दा बढी एचआईभी संक्रमित कंगोलीमा ९५ प्रतिशत यौन क्रियाकलाप, ३ प्रतिशत आमाबाट सन्तान रूपान्तरण र २ प्रतिशतलाई रगतबाट सरेको छ । एड्सबाट प्रतिवर्ष कंगोमा ५ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । बहुदलीय व्यवस्था र दुई सदन रहेको कंगोमा धार्मिक रूपमा रोमन क्याथोलिक र प्रोटेस्टेन्ट गरी ९० प्रतिशतभन्दा बढी, अन्यमा इस्लाम, बहाई र स्थानीय अपि|mकी धर्मावलम्बी छन् । ३ लाख ४२ हजार वर्गकिमिको कंगोले आफ्ना उत्पादन खनिज तेल, काठ, प्लाइउड, चिनी, कफी र हिरा निर्यात गर्छ । यसले राष्ट्रिय रूपमा 'एकता, काम र प्रगति' नारा तय गरी विकासलाई अघि बढाएको छ । छिमेकी देशमा क्यामरुन, गाबोन, मध्य अपि|mकन गणतन्त्र र लोकतान्त्रिक गणतन्त्र कंगो पर्छन् । कंगो नदीले छुट्टाएको दुवै कंगोको राजधानी नदीको वारिपारि छ ।

Published on: 25 February 2013 | Kantipur Post

Back to list

;