s

रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा

वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ जना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। गत वर्ष माघमा साउदी पुगेका उनीहरू तीन महिनादेखि साउदीस्थित सफरा जेलमा छन्।

पीडित राम बिहारी महत्तोका भाइ खुशीलाल महत्तोले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्दा पनि सुनुवाइ हुन नसकेको बताए । उनले एक हप्ताअघि उद्दारका लागि पहल गरेका थिए । चक्रपथमा रहेको अल खलिज म्यानपावरबाट आठजना साउदी पुगेका थिए । उनीहरूले सम्झौताअनुसार पारि श्रमिक र खानाबस्न नपाएपछि कम्पनी छोडेका थिए। यसरी जेल पर्नेमा राम बिहारी महत्तो, युवराज खत्री, लालबहादुर श्रेष्ठ, प्रेमबहादुर तामाङ, विकास राई, कर्णबहादुर स्याङतान, अम्बरबहादुर लामा, भूपनरायण राजवंशी छन् । उनीहरू गत वर्षको माघमा सवारीचालकको काम गर्न साउदी गएका थिए । उनीहरू साउदीमा रहेको फोर होरिजेन्टल इस्ट अप जेनरल कन्स्ट्रक्सनमा काम गर्न गएका थिए । कम्पनी छाडेपछि उनीहरूलाई कन्स्ट्रक्सनले चोरी मुद्दाको आरोपमा जेल पठाएको महत्तोले बताए।

Published on: 25 April 2019 | Annapurna Post

Back to list

;