s

रोजगारीका लागि मलेसिया जाने सबैभन्दा धेरै, यी हुन् प्रमुख १० गन्तव्य

काठमाडौँ — गत आर्थिक वर्ष २०७९/८० मा नेपाली श्रमिकको प्रमुख रोजगारी गन्तव्य मलेसिया बनेको छ । सो आर्थिक वर्ष व्यक्तिगत तथा संस्थागत रुपमा नयाँ र नवीकरण गरी कुल २ लाख ५९ हजार ५९६ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा साउदी अरेबिया प्रमुख गन्तव्य थियो । गत आर्थिक वर्ष भने साउदी जानेको संख्या घट्न गई मलेसिया प्रमुख गन्तव्य बन्न पुग्यो ।

गत आर्थिक वर्ष मलेसियापछिको प्रमुख वैदेशिक रोजगार गन्तव्य कतार बनेको छ । सो आर्थिक वर्ष कतारका लागि कुल १ लाख ३३ हजार २६२ जनाले श्रम स्वीकृति लिएका छन् । कतारपछि प्रमुख १० गन्तव्य मुलुकहरुमा क्रमशः यूएई, साउदी अरब, कुवेत, दक्षिण कोरिया, रोमानिया, जापान र माल्टा छन् ।

विभागका अनुसार गत आर्थिक वर्ष विभिन्न मुलुकका लागि कुल ७ लाख ७४ हजार ९७६ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ र नवीकरण दुवैतर्फको हो । कुल ४ लाख ९७ हजार ७०४ जनाले नयाँ अन्तिम श्रम स्वीकृति लिएका हुन् भने २ लाख ७७ हजार २७२ जनाले नवीकरण गरेका हुन् ।

Published on: 21 August 2023 | Kantipur

Link

Back to list

;