s

‘रोजगारीका लागि हङकङ खोल्न पहल गरौं, सेक्युरिटी गार्डको माग उच्च छ’

वैदेशिक रोजगारीका लागि अहिले नेपाली युवाहरु धेरै जसो खाडी मुलुक र मलेसिया पुगेका छन् । यस बाहेक सरकारले नेपाली कामदार दक्षिण कोरियापनि पठाउने गरेको छ। दक्षिण कोरियासँगै सरकारले जापानमा पनि कामदार पठाउन श्रम समझदारी गरिसकेको छ। जापानपछि नयाँ श्रम गतब्य चयनमा हङकङलाई रोज्न ब्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।यसै विषयमा हङकङमा बसेर लामो समयदेखि निमार्ण क्षेत्र, मानव स्रोत, एयरलाइन्स, पर्यटन क्षेत्रमा काम गर्दै आएका म्याग्दीका प्रकाश पुनसँग हामीले कुरा गरेका छौ। उनी लगानी सम्मेलनमा भाग लिन नेपाल आएका थिए।
 
- वैदेशिक रोजगारीका लागि नेपालीलाई हङकङ त बन्द छ ? यसलाई खुलाउन सकिन्छ ?
 
द्धन्द्धकालको कारण देखाउँदै हङकङले सन् २००४ मा नेपालीलाई अनअराइभल भिसा दिन रोक लगाएको हो। अहिले पनि नेपालीहरुले हङकङको भिसा लिन कठिन छ। तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएर सरकार संचालनमा समेत सहभागी छ। हङकङले भने त्यही कारण देखाउँदै अहिलेसम्म नेपालीहरुलाई सहजै भिसा दिने गरेको छैन् ।लामो समय हङकङमा बसेर काम गरेको मेरो अनुभवले के भन्छ भने, सरकारी तवरबाट उच्च स्तरको पहल थाल्ने हो भने हङकङले नेपालीहरुलाई रोजगारीका लागि खोल्न सक्छ। हङकङमा अहिले इन्डोनेसिया, फिलिपिन्स, चाइनिज, बंगलादेश, थाइल्याण्डका मानिसहरु वैदेशिक रोजगारीका लागि आउने गरेका छन् ।नेपाल सरकारले कुटनितिक पहल थाल्ने हो भने हङकङले कामदारको सुचीमा नेपाल थप्न सक्छ। अझ भुकम्पको विषय निकालेर कामदारका लागि नेपाल सरकारले हङकङलाई विशेष आब्हान गर्न सक्ने ठाउँ समेत छ।
 
-नेपालीहरुले त्यहाँ पाउने कामहरु के कस्ता छन् ?
 
अहिले पनि हङकङमा २५ हजार भन्दा बढी नेपाली छन् । जुन पीआर र आइडी लिएर बसेका छन् । उनीहरु निमार्ण क्षेत्रमा बढी कार्यरत छन् । त्यसका साथै महिलाहरु हउस किपिङ, क्लिनिकमा काम गर्छन् । सेक्युरिटी गार्डमा थोरै छन् । नेपाली कामदाहरुले पाउने काम भनेको हङकङमा यिनीहरु नै हुन् ।
 
- हङकङ कामदारका लागि खोलियो भने सेक्युरिटी गार्डमा कस्तो माग रहला ?
 
नेपालीहरुसँग कुनै सिप हुदैँन । धेरैजसो नेपाली अन स्कील छन् । सिप सिकाएर प्रोफेसनल बनाएर कामदार विदेश पठाउनुपर्छ भन्ने मान्यता सरकारसँगै छैन् । हङकङ कामदारका लागि खुल्यो भने सेक्युरिटी गार्डको माग उच्च रहन्छ। नेपाली गोर्खाजहरुको माग विश्वमा नै सेक्युरिटीमा निकै उच्च हुन्छ। सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाका शासक किम जोन उनको सुरक्षाको जिम्मा गोर्खाजहरुलाई दिएपछि हङकङमा सुरक्षाका लागि नेपालीहरुप्रति विश्वास झन बढेको हामीले पाएका छौं ।
 
-हङकङमा नेपाली कामदारको सेवा सुविधा कस्तो छ ?
 
अहिलेसम्म आइडी होल्डरहरुले काम गरिरहेका छन् । निमार्ण क्षेत्रमा काम गर्ने नेपालीहरुले कम्तीमा एक दिनको १२ सय हङकङ डलर कमाइ रहेका छन् । बढी कमाउनेमा एक दिनको २५ सयसम्म छ। निमार्ण क्षेत्रमा काम गर्दा हाइ रिक्स हुने हुदाँ हङकङ सरकारले त्यही अनुरुपको सुविधा दिएको छ। अन्य कामहरुमा पनि महिनाको १० देखि १५ हजार हङकङ डलर सम्म कम्तीमा कमाउन सकिन्छ।सेक्युरिटी गार्डमा नेपालीहरुले कम्तीमा १ लाख देखि २ लाख रुपैयाँ महिनामा कमाउन सक्छन् । यो भनेको खाडी मुलुकहरुको दाँजोमा निकै आकर्षक सेवा सुविधा हो ।
 
-तपाईहरुले हङकङमा नेपाली कामदार खोल्न पर्यो भनेर पहल गर्नुभएको छैन ?
 
हङकङ मकाउ जोड्ने पुल बनाउन कामदारहरुको निकै माग रहेको थियो। त्यही बेला हामीले पनि नेपाली कामदार मगाउँ भनेर निकै पहल गर्यौं। तर सकेनौ । हामीले यस विषयमा नेपाल सरकारको पनि ध्यानाकर्षण गराएका थियौं ।त्यस बेला हङकङले थाइल्याण्डबाट कामदार मगायो। पुल बनाउने क्रममा मेरै कम्पनीका २ सय र अन्य कम्पनी गरेर एक हजार भन्दा नेपालीले काम गरे।
 
-नेपालीहरु हङकङ आइडी किनबेचमा र टुरिष्ट भिसामा गएकाहरु उतै लुक्ने क्रम बढेपछि भिसामा कडाइ गरेको भन्ने पनि छ नि ?
 
यो पनि भिसा कडाइ गर्नुको एउटा कारण हो । अर्को कुरा नेपालीहरु हङकङ आइडी किनबेचमा पनि सम्लग्न भएका कुरा सत्य हुन्। टुरिष्ट भिसामा गएकाहरु पनि लुकेकै हुन्।त्यस विषयमा त हङकङको अध्यागमनले उचित निर्णय पनि गर्न सक्छ नि। द्धन्द्धकालमा हङकङले नेपालप्रति गरेको परराष्ट्र नीतिमा अहिलेसम्म परिवर्तन गरेको छैन् ।
द्धन्द्धकालमा हङकङले नेपालप्रति गरेको परराष्ट्र नीतिमा अहिलेसम्म परिवर्तन गरेको छैन् । हङकङले नेपाल प्रतिको परराष्ट्र नितीमा केही खुकुलो पार्न आवश्यक छ। यसका साथै नेपाली कामदार खोल्न उच्च स्तर पहल चाहिन्छ। बरु सरकारलाई सहजीकरण गर्न हामी तयार छौं ।
 
Published on: 1 April 2019 | Setopati

Back to list

;