s

रोजगारी सिर्जना गर्ने सूत्र

आर्थिक मन्दीले विश्वमा रोजगारीको अवसरमा कमी हुँदा वेरोजगारीको आकारबढिरहेको छ । अहिले विश्वभर झन्डै २२ करोड ५० लाख बेरोजगार युवा पुगेकोअन्तर्राष्ट्रिय श्रम संगठको प्रतिवेदनमा छ ।

सन् २००९ मा ६ प्रतिशत रहेकोबेरोजगारी हाल ६.९ प्रतिशत नजिक छ । विश्व अर्थतन्त्रको कमजोर अवस्थालेरोजगारी वृद्धिमा समस्या आएको औल्याउँदै आईएलओको प्र्रतिवेदनले आगामीदशकभित्र थप ६० करोड रोजगारी सिर्जना गर्नेतर्फ विश्वका सरकारहरूलाई आग्रहगरिएको छ । विश्वकै ठूलो अर्थतन्त्रको रुपमा रहेको अमेरिकाका राष्ट्रपतिलेहालै गरेको भारत भ्रमण रोजगारीमा नै केन्दि्रत रहेको आर्थिक विश्लेषककोधारणा थियो । अमेरिकामा ९ प्रतिशतको उच्च बेरोजगारी घटेर ८.५ प्रतिशतमाझर्दा अर्थतन्त्र गतिशील हुनथालेको विश्लेषण गरिंदैछ । स्पेनमा बेरोजगारीकोआकारले ५३ लाख -२२.९५) नाघेर ऐतिहासिक रेकर्ड नै कायम गरेेको छ ।
नेपालमा रोजगारीको क्षेत्र बिस्तार हुनसकेको छैन । देेशमा प्रतिवर्ष ४लाखको हाराहारीमा युवाहरू रोजगार बजारमा आउने, बेरोजगार, अर्धबेरोजगार, श्रमको अल्पउपयोग दर तथा कृषिमा लुकेको बेरोजगारी समेतलाई दृष्टिगत गर्दामुलुकमा प्रतिवर्ष करिब ७/८ लाखको हाराहारीमा रोजगारीको सिर्जना हुन आवश्यकछ । विद्यमान वैदेशिक रोजगारीलाई निरन्तरता दिने सन्दर्भमा समेत आन्तरिकश्रम बजारमा करिव दुई लाख पचास हजारलाई रोजगारीको सिर्जना आवश्यक छ । अहिलेनेपाली युवाको रोजगारीको विकल्प वैदेशिक रोजगारी हो । ४ मध्ये ३ युवालेवैदेशिक रोजगार रोजिरहेका छ । देशमा करिव १ करोड १८ लाख श्रमशक्ति छ ।जनसंख्या बनोटमा युवा उत्पादनशील जनशक्ति ५६.५ प्रतिशत छ । यसमध्ये १६-४०उमेर समूहका ऊर्जाशील जनशक्ति ३८.८ प्रतिशत छ । यो इतिहासकै सर्वाधिक युवा जनशक्तियुक्त अवस्था हो । यस्तो उत्पादकउमेर समूहमा बेरोजगारीको आकार तथ्याङ्कमा २.१ मात्र देखिए तापनि श्रमकोअल्पउपयोग दर तीस प्रतिशतको उच्च आकारमा छ ।

यस्तो श्रमशक्ति अदक्ष कामदारको रुपमा न्यून तलवको लागि जोखिमयुक्त कार्य, प्रतिकूल हावापानी, आर्थिक तथा श्रम शोषण तथा उच्च लागतसँग जुध्दै विदेशगइरहेका छन् । एकपटक वैदेशिक रोजगारमा गएका मध्ये आधाभन्दा बढी पुनः त्यहीर्फकने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । यस्तो हुनुकोप्रमुख कारण विपे्रषणको सही सदुपयोग र बचत नहुनु हो । प्रतिवर्ष झण्डैराष्ट्रिय बजेटकै आकारमा भित्रिने विप्रेषणलाई उत्पादक तथा पुँजी निर्माणमाप्रवाह गर्न नसक्दा आयको ठूलो हिस्सा उपभोगमा गएको छ ।

वैदेेशिक रोजगारीको अति निर्भरताले समाजकै बनोटमा परिवर्तन आउन थालेको छ ।करिव ७.२० प्रतिशत जनसंख्या आप्रवासनमा छ । यसले सहरीकरणको चाप बढाएकोमात्र होइन, ग्रामीण भेग युवाविहीन भइरहेको छ, ग्रामीण खेतीपाती प्रभावितभइरहेको छ भने बेरोजगारीको संख्या पनि यसैअनुसार सहरी क्षेत्रमा उच्चदेखिएको छ । थोरै व्यक्तिको आम्दानीमा परिवार निर्भर हुने प्रवृत्तिलेसमाजमा निस्काम अकर्मन्यताको विकास भइरहेको छ । प्रजनन उमेरका जोडीविछोडिएको अवस्थाले दीर्घकालीन रुपमा जनसंख्याको बनौटमा असर पर्ने लक्षणदेखिएको छ । वैदेशिक रोजगारको सामाजिक मूल्यको पाटो अध्ययन हुन बाँकी नै छ ।

नेपालमा रोजगारी सिर्जनाका निम्ति कृषि क्षेत्रको स्थान मुख्य रहन्छ । यसअलावा औपचारिक रोजगारीका क्षेत्रको रुपमा औद्योगिक विकास, पूर्वाधार र सेवाक्षेत्र पर्छन् । कृषिमा लुकेको बेरोजगारीलाई औपचारिक क्षेत्रमा रोजगारीकाअवसर सिर्जना गरी स्थ्ाान्तरणविना विद्यमान बेरोजगारी समस्या हल हुनेअवस्था छैन । विश्व बैंकका अनुसार नेपालको रोजगारीमूलक विकासमा संरक्षणमुखीश्रमनीति नै मुख्य बाधक हो । जनप्रतिनिधिको अभावमा स्थानीय तहमा प्रवाहितवित्तीय स्रोतको महत्तम परिचालन र विकास कार्यक्रमको प्रभावकारी अनुगमन हुननसक्दा अपेक्षित रोजगारीको सिर्जना हुन सकिएको छैन ।रोजगारी सिर्जनाका लागि लगानी अनुकूलको वातावरण स्थापना हुनुपर्छ । जसमाविद्यमान राजनीतिक अस्थिरता, कमजोर पूर्वाधार, श्रम समस्या र सुशासनको अभावमुख्य अवरोध हुन् ।

स्वदेशमा उल्लेख्य स्तरको रोजगारीको सिर्जना गर्न ठूलठूला पूर्वाधारउद्योग तथा आयोजनाको अभाव खट्किरहेको छ । तर न ठूलो आकारमा पुँजी लगानीप्रवाह गर्न सकिएकोे छ, नत बाह्य लगानी नै आकर्षण गर्न सकिएको छ । औद्योगिकशान्तिको अभावमा पुँजी पलायन बढिरहेको, सुरक्षा र श्रम समस्याका कारणकतिपय लगानीकर्ता लगानी फिर्ता गर्ने परिवेश बनेको बताउने गर्छन् । लगानीअनुकूलको वातावरण निर्माण गरी पुँजी पलायन रोक्न आवश्यक छ । त्यसपछि मात्ररोजगारीमूलक थप प्रोत्साहन प्याकेजको आधारमा लगानी आकर्षण गरी नयाँरोजगारीको सिर्जना गरिनुपर्छ ।

रोजगारी सिर्जनाका लागि राजनीतिक स्थायित्वयुक्त आर्थिक विकासमा मुलुककोध्यान जान अत्तिकै जरुरी छ । रोजगारी वृद्धिको निम्ति स्थिर, दिगो, फराकिलोर दीर्घकालीन आर्थिक वृद्धि आवश्यक हुन्छ । अहिले नेपालको जनसंख्या बनौटमादेखिएको उच्च युवा जनशक्तिको उपयोग गर्नसकेमा मुुलुकको निम्ति यो बोनस हो ।यसलाई समेत मध्यनजर राखी दृढ इच्छाशक्तियुक्त राजनीतिक स्थायित्व मुलुककोरूपान्तरणको निम्ति महत्त्वपूर्ण  हुन्छ ।

आन्तरिक श्रम बजारलाई रोजगार अनुकूलको सुधार हुनुपर्छ । यसमा मुख्यतसरकारले लगानी अनुकूलको वातावरण निर्माण, श्रम कानुन सुधार गरी श्रम लचकता रकामदारको सामाजिक सुरक्षाको सुनिश्चिततासहित श्रम विवादको दिगो समाधानखोज्नुपर्छ । सरकार स्वयंले आन्तरिक श्रम बजार सुधार गरी रोजगारी सिर्जनागर्ने विशेष कार्यक्रमहरू संचालनमा ल्याउनुपर्छ । जसमा अनिवार्य रोजगारप्रत्याभूति गरी रोजगारीको अभाव वा लुकेको रोजगारीलाई विकास कार्यक्रमसंगआवद्ध गरी श्रमको परिचालन गर्ने, विगतमा कणर्ाली रोजगारको रुपमा अवलम्बनगरिएको प्रयासलाई व्यवस्थित गरी मुुलुकभर विस्तार गरिनु आवश्यक छ ।नेपालजस्तो श्रमको अल्पउपयोग तथा लुकेको बेरोजगारी भएको मुलुकमा स्थानीयविकास कार्यक्रमलाई श्रममूलक बनाई रोजगारीको सिर्जनातर्फ परिचालित जरुरी छ ।यसक्रममा सरकारले कार्यान्वयनमा लगेका गरिवी निवारण कार्यक्रम, स्थानीयपूर्वाधार विकास, ग्रामीण सडक निर्माण, ग्रामीण विकासका कार्यक्रम, युवास्वरोजगार कार्यक्रम, कमैया मुक्ति कार्यक्रमजस्ता कार्यक्रमहरूलाई रोजगारीलक्ष्यसाथ सञ्चालन हुन आवश्यक छ । रोजगारी सिर्जनाको सन्दर्भमा मुलुककोकृषि अर्थतन्त्रको संरचनागत परिवर्तन गरी कृषिले जग्गाको वैज्ञानिक उपयोगगर्न पाउने अवस्थाको विकास गरिनुपर्छ । श्रम व्यवस्थापन सूचना प्रणालीकोस्थ्ाापना गरी बेरोजगारहरू र रोजगारका अवसरका बीच सूचना आप्रवाह गरी बजारकोमाग अनुसारको अल्पकालीन तालिमबाट रोजगार बजारमा प्रवेश गराउने र योजनालेपरिलक्षित गरेअनुसार रोजगारीको सिर्जनालाई अनुगमन गरी समयमै सुधारका कदमचाल्न रोजगार सूचना प्रणालीको स्थ्ाापना आवश्यक हुन्छ ।

मुलुकको अर्थतन्त्रमा निश्चित क्षेत्रहरूमा गरिएको लगानीले अधिकतमरोजगारीको सिर्जना हुनसक्छ । पर्यटन, जलस्रोत, खानी, कृषि, शिक्षा, ग्रामीणपूर्वाधार विकास, सेवा क्षेत्र आदि यस्ता रोजगारी लचकताका क्षेत्रहरू हुन्। यसैगरी औद्योगिक विकासको आधारभूत पक्ष ऊर्जा तथा सडक पूर्वाधारजस्ताठूलो लगानीका आयोजना-परियोजनाहरूबाट प्रत्यक्ष रोजगारी सिर्जनाका अलावाआर्थिक क्रियाकलापमा विस्तार भई नयाँ अवसरहरू सिर्जना गर्ने हंुँदा यस्ताक्षेत्रमा राज्यको लगानी बढाउँदा प्रत्यक्ष तथा अन्य लगानीको वातावणनिर्माण गरी समग्र रोजगारीको सिर्जनामा योगदान पुर्‍याउँछ । अतः दुलर्भस्रोतसाधन छर्ने प्रवृत्तिमा सुधार गरी रोजगारी सिर्जनाका दृष्टिलेतुलनात्मक रुपमा महत्तम प्रतिफलदायक क्षेत्रमा लगानी केन्दि्रत हुनेगरीरोजगारी लचकताको क्षेत्रलाई  प्राथमिकता दिनुपर्छ ।

बेरोजगारीको एक मुख्य कारण विद्यमान शिक्षा प्रणाली हो, जसले प्रतिवर्षन्यून प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादन गर्ने भएकाले विद्यमानशिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक देखिन्छ । माध्यमिक तहदेखि नैव्यावसायिक तथा जीवनोपयोगी बनाउन नसकेमा अन्यत्रबाट जतिसुकै सुधारको प्रयासभए तापनि समस्याको समुल निराकरण हुन सक्दैन । यसक्रममा गाविस तहसम्म यस्तोसीपमूलक तालिम तथा दक्षता अभिवृद्धिको कार्यक्रम संचालन गर्न तथा औपचारिकशिक्षाको उमेर पार गरेका नागरिकलाई ग्रामीण तहसम्म पुगेर पेसागत सीप रवैज्ञानिक कृषि, पशुपालन, फलफूल खेती, जडिबुटी व्यवसाय तथा लघुउद्यमको सीपसिकाएर रोजगारी तथा स्वरोजगारीको विकास गर्नु आवश्यक छ । जस्तोसुकै काम भएपनि श्रमको सम्मान गरिनुपर्छ भन्ने शिक्षा विद्यालय तहबाट नै सिकाउन आवश्यकछ ।

स्थानीय रोजगारी सिर्जनामा गाउँ केन्दि्रत रोजगार आयोजना महत्वपूर्ण हुन्छनै । गाउँ विकास समितिलाई सहभागितामूलक योजना प्रणालीबाट मागमा आधारितविकास कार्यक्रममा परिचालित गर्ने हो भने ठूलो संख्यामा रोजगारी सिर्जनागर्न सकिन्छ । गाउँ विकास अनुदानको उपयोग सम्बन्धमा स्थानीय विकासमन्त्रालय र युएनडीपीले गरेको अध्ययनमा गाउँ विकास अनुदानको ठूलो हिस्साअर्थात ३७ प्रतिशत सडक निर्माणमा खर्च भएको छ, शिक्षामा १७ प्रतिशत, ग्रामीण विद्युतीकरणमा १२ प्रतिशत र खानेपानी सरसफाइमा ११ प्रतिशत खर्चभएको देखाएको छ । यी सवै रोजगारमूलक क्षेत्र हुन् । अतः गाविसमा जाने अनुदानलाई रोजगारमूलक कार्यक्रममा अझ सशक्त ढंगले परिचालन गरिनुपर्छ ।

विद्यमान सहरी बेरोजगारी घटाउन गाउँ केन्द्रीत रोजगारमूलक कार्यक्रमहरूसंचालन गरी सहरी युवालाई समेत ग्रामीण रोजगारीका अवसरसंग आबद्ध गर्न सकिन्छ। चीन, द. कोरिया लगायतका कतिपय मुलुकहरूले यस्ता रोजगार अभियानहरूसञ्चालन गरेका छ । यस्ता कार्यक्रममा खासगरी अनौपचारिक शिक्षा, स्वास्थ्यसेवा, सचेतनामूलक कार्यक्रम, स-साना पूर्वाधार विकास कार्यक्रमतथा सामाजिक विकासका अभियानद्वारा यस्ता रोजगारी सिर्जना हुन सक्छन् ।आईएलओको सहयोगमा धनुषा र रामेछापमा संचालित आयोजनाको अनुभवबाट रोजगारीसिर्जनाका निम्ति क्षेत्रगत कार्यक्रम र एक क्षेत्र, एक उत्पादनमाजानुपर्ने देखाएको छ । अतः रोजगारी सिर्जनाको निम्ति गाउँमै सिकाउने, गाउँमै कमाउने, गाउँमै रमाउने, गाउँमै लगानी गर्नेे वातावरण सिर्जना हुनआवश्यक छ ।
लेखक वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् ।

Published on: 1 May 2012 | Kantipur

Back to list

;