s

रोजगारी सिर्जनामा सफलता हासिल गर्नुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तिय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्नेपर्ने खाँचो रहेको बताएकी छिन्।

आईतवार राष्ट्रपति कार्यालयमा भएको बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरु उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गनै अझै धेरै कामहरु गर्नुपर्नेमा जोड दिइन्।

राष्ट्रपति भण्डारीले बैंक तथा वित्तिय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयहरुमा विश्वविद्यालयहरु, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरुद्वारा अध्ययन अनुसन्धान गरी निजीगत सुधारका लागि सम्बन्धित निकायहरुलाई अभिप्रेरित गर्नु राम्रो भएको जिकिर गरिन्।

उनले आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संशाधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउनका लागि सहकार्य आवश्यक रहेको पनि बताइन्। उनले नवप्रवर्द्धन र उद्यमशीलताका लागि युवा पुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठूलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताइन्।

राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संशाधनको विकासमा मद्दत पुर्‍याउने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपुरकको रुपमा परिसंघले थप योगदान दिनेमा आफू विश्वस्त रहेको उल्लेख गरिन्।

उनले भनिन्, ‘पुँजीको निर्माण र परिचालका क्षेत्रमा हाम्रा उद्देश्यहरु उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझै धेरै कार्य गर्नुपर्ने आवश्यक्ता छ। त्यसका लागि बैंकिङ तथा वित्तिय संस्थाहरुले नेपाल सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्नेपर्ने खाँचो छ। बैंक तथा वित्तिय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयहरुमा विश्वविद्यालयहरु, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरुद्वारा अध्ययन अनुसन्धान गरी निजीगत सुधारका लागि सम्बन्धित निकायहरुलाई अभिप्रेरित गर्नुपर्ने कार्य सह्रानीय छ। आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संशाधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउनका लागि सहकार्य आवश्यक छ। नवप्रवद्र्धन र उद्यमशीलताका लागि युवा पुस्तालाई अभिप्रेरित गर्न तपाईहरुको ठूलो नैतिक एवं भौतिक कामको मुलुकले अपेक्षा गरेको छ।'

'आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवद्र्धन गर्नसके आयातमा आधारित उपभोगप्रणाली यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिन्छ। आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संशाधनको विकासमा मद्दत पुर्‍याउने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपुरकको रुपमा परिसंघले थप योगदान गर्ने नै छ। अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्न आजको आवश्यक्ता हो।’

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्नु आजको आवश्यक्ता भएको बताइन्।

Published on: 9 January 2023 | Nagarik

Link

Back to list

;