s

रोजगारी नखुल्दै मलेसिया लैजाने भन्दै अन्तरवार्ता !

श्रम गन्तब्य मुलुक मलेसियामा नेपाली कामदार लैजान रोकिएको १४ महिना भइसक्यो । श्रम समझदारी भएको ९ महिना बित्दा पनि रोकिएको कामदार लैजाने प्रक्रिया सुरु भएको छैन । तर म्यानपावर कम्पनीहरुले मलेसिया लैजाने भन्दै अन्तरवार्ता लिन सुरु गरेका छन् । शनिबार वैदेशिक रोजगार विभागले एक अन्तरवार्तास्थलमा छापा मार्दा यस्तो तथ्य खुलेको हो । म्यानपावर व्यवसायीले लामो समदेखि बन्द रहेको मलेसिया नखुलाए पूर्वस्वीकृतिका आधारमा मलेसियाको लागि अन्तरवार्ता लिन थाल्ने चेतावनी दिँदै आएका छन् ।

शनिबार विभागले क्लासिक अमेभरसिज म्यानपवरले लिइरहेको अन्तरवार्ता स्थलमा छापा मारेको थियो । उसले आफ्नै बत्तिसपुतलीस्थित कार्यालयमा अन्तरवार्ता लिइरहेको सूचनाका आधारमा विभागको टोलीले त्यहाँ पुगेको थियो । कम्पनीले वावासुन प्याकेजिङ कम्पनीका लागि भन्दै अन्तरवार्ता लिइरहेको भेटिएको विभागले जानकारी दिएको छ । करिब १५० जना युवा अन्तर्वार्ताका लाइनमा थिए ।अन्तरवार्ताका लागि मलेसियाकै कम्पनीबाट ३ जना प्रतिनिधि पनि सहभागी भएको पाइएको विभागले जनाएको छ । संस्थाले विभागबाट उक्त कम्पनीका लागि पूर्वस्वीकृति पनि नलिएको प्रराम्भिक अनुसन्धानबाट देखिएको छ ।  टोलीले अन्तर्वार्तामा प्रयोग गरिएका कागजात नियन्त्रणमा लिएको छ भने म्यानपावरका सञ्चालकलाई २४ घण्टाभित्रै विभागमा उपथ्थिति हुन पनि निर्देशन दिएको छ ।

Published on: 3 August 2019 | Onlinekhabar

Back to list

;