s

रोजगारी गुमेपछि फर्किए ६ लाख

तुलसी सुवेदी

काठमाडौं : स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन। सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ। तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन।

कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ। कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७÷०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो।

बर्सेनि श्रमबजारमा ५ लाखभन्दा बढी आउँछन्। मुस्किलले ५० हजार जना पनि आन्तरिक रोजगारीमा जोडिन पाएका छैनन्। साढे चार लाख वैदेशिक रोजगारीमा जान वाध्य भए पनि पछिल्लो समयमा कोेभिडले निर्वाधरूपमा वैदेशिक रोजगारीमा जान पाइरहेका छैनन्। स्वदेशमै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको छ। कोभिडले पर्यटन, मनोरञ्जन क्षेत्र पूर्णरूपमा बन्द भएकाले रोजगारी पनि खुम्चिएको छ।

Published on: 10 September 2021 | Annapurna Post

Link

Back to list

;