s

रोगजारी दिने भन्दै भारतको मिजोरम पुर्‍याएका २३ महिलाको उद्धार

वैदेशिक रोजगारीको बहानामा अवैध बाटो हुँदै तेस्रो मुलुक लैजान खोजिएको २३ महिलालाई भारतको उत्तरी राज्य मिजोरमबाट बिहीबार उद्धार गरिएको छ । भारतीय सरकारको सहयोगमा उनीहरूको उद्धार गरी काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । 
 
म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट उनीहरूलाई उद्धार गरिएको थियो । केही महिनाअघि म्यानमारसँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि एक सय ७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर उनीहरुलाई कसरी दलालले म्यानमाको सीमामा पुर्‍याए भनी सोधखोज भइरहेको बताए ।
 
Published on: 10 May 2019 | Naya Patrika

Back to list

;