s

रोजगार व्यवसायी र प्रहरीबीच विवाद चर्कियो

-रुद्र खड्का
 
काठमाडौं- यसै साता रोजगारीका लागि साउदी जान खोजेका नवलपरासी, नारायणी–६ कानारायण तिवारी बिहीबार निकै हतास भेटिए। मेनपावरसँगको विवादका कारण अघिल्लो साताउड्न नपाएका ४० वर्षे तिवारी मेनपावर सञ्चालक र प्रहरीबीच विवाद बढेको सुनेपछि पुनः रोकिनसक्ने भन्दै आत्तिएका हुन्। 
 
अघिल्लो साता मेनपावरसँगको विवादपछि विदेश जाननपाएकातिवारीलाई यसैसाता साउदी उडाउने सहमतिभएको थियो। वैदेशिक रोजगारीमाजानकरिब दुई महिनादेखि काठमाडौंमा बसिरहेको बताउने तिवारीले एक साताभित्रउड्ननपाए बेखर्ची हुने गुनासो गरे। 'विदेश जाने नाममाअहिलेसम्म ५९ हजार रुपैयाँखर्च भइसक्यो,' उनले भने, 'अबमसँगकाठमाडौंमाचार/पाँचदिनबस्न पुग्ने पैसा पनि छैन। प्रहरी र मेनपावर सञ्चालकबीच बढेको विवादले आफ्नो रोजगारीमाकुनै समस्याआउननहुने तिवारीको भनाइ छ।
 
ठगी गरेको आरोपमाबुधबार प्रहरीले राजधानीका १७ मेनपावर कार्यालयमा छापा मारी तीनमहिलासहित १४ जनालाई पक्राउ गरेपछि बढेको विवादले तिवारीजस्ता वैदेशिक रोजगारीमाजानतयारयुवायुवतीविदेश यात्रा रोकिन सक्ने आंशकाले त्रसित छन्। पक्राउ परेकामध्ये दुई मेनपावरको कार्यालयमाकामगर्ने कामदारलाई प्रहरीले छाडेको छ।आठजना मेनपावर सञ्चालकलाई ठगीमा मुद्दा चलाइएको र चारजनालाई कारबाहीकालागिवैदेशिक रोजगार विभागपठाइएको महानगरीयप्रहरी अपराधमहाशाखाकाप्रवक्ता सहकुलथापाले जानकारीदिए। 'आठजनाले ठगीगरेको पाइएकालेप्रहरीले र चारजनाले वैदेशिक रोजगारीसम्बन्धीकसुर गरेको पाइएकाले विभाग पठाएका हौं,' थापाले भने।
 
मेनपावर व्यवसायीबाट सर्वसाधारण ठगिने क्रमनिकै बढेको भन्दै प्रहरीले छापा मारेपछि मेनपावर सञ्चालकलेप्रहरीलाई छापा मार्ने अधिकारनभएको भन्दै बिहीबारदेखि नै काम ठप्प गर्ने घोषणा गरेका छन्। प्रहरीले छापा मारेलगत्तै मेनपावर व्यवसायीले कामदार नपठाउने घोषणा गरेपछि विदेशजान राजधानीसम्मआइपुगेर मेनपावरलाई रकमबुझाएकाथुप्रै कामदार विदेश जान/नपाइने,अन्योलमा छन्। चार दिनपछि कतार जाने तयारीमा रहेकाकास्कीलुम्लेका राजेश गुरुङले भने, 'मेनपावरले एक्कासि कार्यालय बन्दगर्ने घोषणा गरेको सुन्दासमस्या पर्ने हो किभन्ने चिन्तालागेको छ।'
 
पछिल्लो समय वैदेशिक रोजगारीमाजानेबाट मेनपावरले जथाभावी रकमअसुलेको गुनासो बढेपछि महानगरीय प्रहरी अपराधमहाशाखाले त्यस्तागम्भीर प्रकृतिका मुद्दाका उजुरी लिनथालेको थियो। वैदेशिकरोजगारको आवरणमा मानव तस्करी र ठगी बढेकाले कानुनकार्यान्वयनगर्ने निकाय टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै प्रहरीले वैदेशिक रोजगारीमाहुने गैरकानुनीकाम रोक्नचासो देखाएको एक प्रहरी अधिकारीले बताए। कानुनविपरीत काम गरेका मेनपावर सञ्चालकलाई प्रक्राउ गरेपछि वैदेशिक रोजगारीको पेसा स्वच्छ हुनुपर्छ भन्ने धेरै व्यवसायीले स्वागत गरेको महाशाखाकाप्रमुखएसएसपी सर्वेन्द्र खनालले बताए।
 
मेनपावर सञ्चालकभने प्रहरीले क्षेत्राधिकार मिचेर व्यवसायीलाई निशानाबनाएकाले व्यवसाय सञ्चालनगर्न नसक्ने अवस्थासिर्जनाभएको दाबीगर्छन्। 'प्रहरीकाकारण व्यवसाय सञ्चालनगर्न सक्ने अवस्था रहेन,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षविमल ढकालले भने, 'पहिले भिसालिइसेकालाई अप्ठेरो नपरोस् भनेर आउँदो २२ गतेसम्मउनीहरूलाई सहयोग पुर्यालउनकार्यालय खोल्छौं। फागुन२३ गतेपछि मेनपावर कार्यालय बन्द रहन्छन्।' ढकालले अहिलेको अवस्थामा मेनपावर सञ्चालनगर्न नसकिने भन्दै सबैको लाइसेन्स जम्मा गरेर फागुन २२ गतेसम्मश्रम तथा रोजगार मन्त्रालयमाफिर्ता गर्नेबताए। मेनपावर व्यवसायीकिरणकिशोर घिमिरेले प्रहरीले व्यवसायीलाई के कारणलेपक्राउगर्नुपरेको हो भन्नेसमेत जानकारी नदिएको गुनासो गरे।
 
प्रहरीले वैदेशिक रोजगारीसँगजोडिएका मुद्दा लिनमिल्ने/नमिल्नेविवादचुलिएको बेलाकानुनव्यवसायीयस्ता मुद्दामा गम्भीरतापूर्वक अध्ययनगर्नुपर्ने धारणा राख्छन्। वैदेशिक रोजगारीको क्रममा अप्ठेरो परेकालाई कानुनीसहायताप्रदानगर्दै आइरहेको पिपुलफोरमकाअध्यक्षतथाअधिवक्ता सोम लुइँटेल वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारीसम्बन्धी कसूर गरेत्यो हेर्ने जिम्मा वैदेशिक रोजगार विभागलाई रहेको बताउँछन्। 'विभागको आफ्नै प्रहरी नभएकाले विभागसँगको समन्वयमाप्रहरीले आरोपितलाई पक्राउगर्न ऐनले अधिकार दिएको छ,' उनले भने। गैरकानुनी रूपमासञ्चालितमेनपावर वाएजेन्टलाई बिनावारेन्ट पक्राउगर्ने अधिकार ऐनले प्रहरीलाई दिएको उनले बताए।
 
प्रहरीले कार्यक्षेत्र मिचेर कारबाही अघि बढाएको भन्दै विवाद बढेपछि यो समस्यावैदेशिक रोजगार ऐन २०६४ ले सिर्जना गरेको कतिपयकानुनव्यवसायीको धारणा छ। उक्त ऐनले वैदेशिक रोजगारीमाहुने कसूरको अभियोजन, अनुसन्धान र निर्णय गर्ने अधिकारविभागलाई दिएको छ। विभागलाई 'आफैं बोक्सी आफैं धामी'बन्ने अधिकार दिएकाले बिदेसिनखोज्ने युवायुवतीदिनहुँजसो ठगिने गरे पनिपीडितलाई न्यायपाउनगाह्रो भइरहेको एक कानुनव्यवसायीले बताए। 'संसारका धेरैजसो देशमा मुद्दा चलाउने र फैसलागर्ने निकाय फरकफरक हुन्छन्,' तीकानुनव्यवसायीले भने, 'नेपालको वैदेशिक रोजगार ऐन २०६४ ले भने विभागलाई मुद्दा चलाउने र आफैं निर्णय गर्नेसम्मको अधिकार दिएको छ। यस्तो अवस्थामाविभागकर्मचारीको मनपरी हुनसक्छ।'
 
अहिलेप्रहरीले राम्रो नियतले वैदेशिक रोजगारीमाहुने ठगी रोकी पीडितलाई न्यायदिलाउने प्रयास गरे पनि ऐन पीडितमुखी छैन। एकजनाकानुनव्यवसायीले भने, 'विभागले राम्रोसँग काम गरेको भएवैदेशिक रोजगारीको क्रममा पीडित भएकालाई न्यायदिनप्रहरी अग्रसर हुनै पदर्ैैन्थ्यो।' वैदेशिक रोजगार कसूरमामेनपावरलाई कारबाहीगर्न सकिने व्यवस्थाऐनले गरेको छ। तर ठगीको कसूरमा मेनपावरलाई कारबाहीगर्न सकिँदैन। ठगीकोअभियोग लागेकालाई व्यक्तिगततवरमाकारबाहीगर्न सकिन्छ।
 
प्रहरी र व्यवसायीबीचविवाद बढेपछि दैनिक बिदेसिने हजारजनाप्रत्यक्षप्रभावितभएका छन्। अघिल्लो वर्षसम्म दैनिक सरदर १६ सय वैदेशिक रोजगारीमाजाने गरेकोमाहाल यो संख्या घटेर हजारहाराहारीमा सीमित छ।
 
Published on: 26 February 2016 | Nagarik

Back to list

;