s

रोजगारी बढाउने क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा रोजगारी सिर्जना गर्ने र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भएर लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् । उनले शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक गर्ने कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।

उनले दक्षिण एसियाली राष्ट्रहरूमा अन्य दक्षिण एसियाली देशहरूको तुलनामा नेपालले राम्रो प्रदर्शन गरेको दाबी गरेका छन् । उनले भने, ‘उल्लेखनीय कुरा के छ भने पूर्वाधार क्षेत्रमा उच्च रोजगारीको आवश्यकता हुँदाहुँदै पनि हजारौँ कामदार उमेर समूहका जनसंख्या काम र अध्ययनका लागि देश छाडेर विदेश गएको देखेका छौँ । तसर्थ, म हाम्रा विकास साझेदारहरूलाई रोजगारी सिर्जना गर्ने र उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा स्रोत बढाउन आग्रह गर्दछु ।’

अर्थमन्त्री पुनले सरकार उच्च प्राथमिकता र चासोको आर्थिक गतिविधिलाई सहज बनाउनेतर्फ केन्द्रित रहेको बताए । उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा आर्थिक पुनरुत्थान हुनेमा आशासमेत व्यक्त गरे । सार्वजनिक लगानीको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्न विश्व बैंक र अन्य विकास साझेदारहरूसँग पनि नजिकबाटै काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले राष्ट्रिय परियोजना बैंकको कार्यान्वयन यसको एउटा उल्लेखनीय उदाहरण भएको दाबी गरे ।

विश्व बैंककी प्रमुख अर्थशास्त्री फ्रन्जिस्का लिजेलट अन्सर्जले दक्षिण एसियामा विकास दर बढेको भए पनि भारतकै कारण यो सबैभन्दा छिटो विकास हुने क्षेत्र हुने गरेको बताइन् । उनले भनिन्, ‘धेरैजसो उदीयमान बजारहरू र विकासशील अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको तनावमा परेका करिब एकचौथाई समूहको अपवादबाहेक यो राम्रोसँग सामना गरेका छन् । दक्षिण एसियामा औसतभन्दा माथिको वृद्धिको अर्को चेतावनी भनेको सार्वजनिक क्षेत्रको भूमिका हो ।’

Published on: 8 April 2024 | Naya Patrika

Link

Back to list

;