s

रोजगारदाताले कामदार रोक्न भनेका छैन्न -व्यवसायी

मुकुन्द गैरे

काठमाडौ, फागुन २० गते । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अहिले कै अबस्थामा कोरोना भाईरसको संक्रमण कारण वैदेशिक रोजगारमा जाने कामदार रोक्न नपर्नेे बताएको छ ।

मंगलबार संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सम्बन्धित रोजगारदाता देशले नेपाली कामदार रोक्न कुनै निर्देशन नदिएको संघका अध्यक्ष बिष्णुप्रसाद गैरेले जानकारी दिए । वैदेशिक रोजगार व्यवसायीले कोरोनाको संक्रमण भएको मुलुकमा कामदार पठाउने नगरेको समेत संघले बताएको छ ।

कोरोनाको संक्रमण भएको मुलुक चीन लगायत देशमा कामदार नपठाउने निर्णय गरेको समेत अध्यक्ष गैरेले जानकारी दिए ।
रोजगारदाता मुलुकले कामदार रोक्न नभनेको अवस्थामा एकलौटी तरिकाले रोक्न खोज्दा धेरैको भिसा लागेको र टिकट बुकिङ भएकोले आर्थिक सँगै दुई देशमा नै असर पर्ने सक्ने संघको निश्कर्ष छ ।

कामदार पठाउन रोक्न आवश्यक परे सम्बधित देश सँग छलफल गरेर रोक्न सकिने संघको भनाई छ । यस विषयमा गृह, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालय सँग छलफल गर्न लागेको समेत संघले जानकारी दिएको छ ।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अहिलेसम्म सरकारले आधिकारी रुपमा रोक लगाएको जानकारी आफूलाई नभएको बताउनुभयो ।

उहाँले यस विषयमा विभिन्न तहमा छलफल भई रहेको वैदेशिक रोजगारीमा जान चाहानेले सम्बन्धित देशको अबस्था विचार गरेर मात्र आफ्नो यात्रा तय गर्न आग्रह गर्नुभयो ।

Published on: 4 March 2020 | Gorkhapatra

Link

Back to list

;