s

रोजगार संयोजक नहुँदा तथ्याङ्क संकलनमा समस्या

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हालसम्म रोजगार संयोजक गाउँपालिकामा नआउदा तथ्याङ्क संकलनमा समस्या देखिएको छ । तथ्याङ्क संकलनका क्रममा स्पष्टता गर्ने जिम्मेवार व्यक्ति नहुँदा नाम्खा गाउँपालिकाका दुरदराजका गाउँमा यो समस्या देखिएको हो । 
 
हालसम्म रोजगार कार्यक्रमले संयोजक गाउँपालिकामा नपठाएको भए पनि गाउँपालिकाले तथ्याङ्क संकलन गरी रहेको तर संकलनका क्रममा निर्देशिका सम्बन्धि स्पष्ट जानकारी दिने जिम्मेवार व्यक्ति नहुँदा काम गर्न समस्या भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर नेपालीले बताउनु भयो । संयोजक भएको भए गाउँ गाउँमा गएर त्यस्ता समस्याका बारेमा स्पष्ट गर्ने र विवरण लिन सहज हुने उहाँले बताउनु भयो । छ वटा वडा भएको नाम्खामा वडा नम्बर १ देखि ५ सम्म संकलन कार्य भइ रहेको र वडा नम्बर छ को लिमीमा वडा सचिव मंगलबार मात्र हेलिकोप्टरमा गाउँ जानु भएको गाउँपालिकाले जनाएको छ । यसै बीच जिल्लाका ताँजाकोट, सर्केगार्ड र चंखेली गाउँपालिकामा पनि संयोजकहरु हालसम्म आएका छैनन ।
 
Published on: 22 May 2019 | Gorkhapatra

Back to list

;