s

रोजगार प्रवर्द्धन केन्द्रका कर्मचारी पक्राउ

बेरोजगार युवायुवतीलाई रोजगारी दिने भन्दै रकम उठाएको आरोपमा प्रहरीलेक्रिस्ट रोजगार प्रवर्द्धन सेवा केन्द्र कोहलपुरकाएक कर्मचारीलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि केही छानबिन गर्न नियन्त्रणमा लिएको प्रहरीले जनायो । ७ देखि१५ हजारका दरले ३६ जनाबाट रकम उठाई रोजगारी दिलाउने आश्वासन दिएका जुम्लागर्जेयनकोटका दिनेश भनिने दत्तबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीनिरीक्षक अरुणकुमार सिंहले बताए ।
भण्डारी पक्राउ परेपछि जिल्ला प्रहरीमा बाँके र बर्दियाका युवायुवतीले रकमफिर्ताका लागि निवेदन दिन थालेका छन् । उक्त सेवा केन्द्रबाट रोजगारीकालागि दुई दिन नेपालगन्जमा तालिम लिएका सोरहवा ६ की सुनिता केसीले १० हजाररुपैयाँ बुझाएको बताइन् । उनले उक्त संस्थाका कर्मचारीले रोजगारीकोग्यारेन्टी हुने भनेकाले १० हजार रुपैयाँ दिएको सुनाइन् । त्यस्तै बाँकेखजुरा के गाउँकी शर्मिला अधिकारीले सेवा केन्द्रले रोजगारी दिने भन्दैबुटवलमा तालिम लिन १५ हजार असुलेको बताइन् । 'तर हालसम्म कसैले रोजगारीपाएका छैनन्,' उनले भनिन् ।
पक्राउ परेका भण्डारीले बेरोजगारलाई रोजगारी दिने उद्देश्यले रकम उठाएकोदाबी गरे । उनले उठाएको रकम सेवा केन्द्रले नदिए पनि घरखेत बेचेर फिर्तागर्ने बताए । सेवा केन्द्रको मुख्यालय काठमाडौंमा रहेको छ । सेवा केन्द्रलेरोजगारी दिने भन्दै करिब १ लाख रकम संकलन गरेको थियो ।

Published on: 29 March 2012 | Kantipur

Back to list

;