s

रोजगार मेलामा तीन सय बेरोजगार युवाको आवेदन

बुटवलमा तीन दिन चलेको रोजगार मेला-२०७५ मा तीन सय बेरोजगार युवाले आबेदन दिएका छन् । रुपन्देहीका ३० वटा उद्योगले जनशक्तिको माग समेत गरेका छन् ।
 
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रको समन्वय र अन्तराष्ट्रिय श्रम संगठन -आईएलओ)को आर्थिक सहयोगमा वैशाख २१ गतेदेखि शुरु भएको रोजगार मेला २०७५ आइतबार सकिएको हो । मेलाको समापन गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले ब्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताइन् ।
 
महासंघका प्रदेश ५ का अध्यक्ष नेत्र पाठकले दक्ष जनशक्तिको अभावका कारण उद्योगीहरु समस्यामा रहेको भन्दै मेलाले थोरै भएपनि आवश्यकतालाई पुरा गर्नेमा आशावादी रहेको बताए ।
 
लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख ईश्वर गौतमले रोजगारदाता र कलेजको बिच समन्वय गरेर अघि बढाउन जरुरी रहेको बताए ।तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, महासंघका सदस्य विष्णु कुमार श्रेष्ठले युवाहरुलाई स्वदेशमा रोक्ने गरी स्थानीय सरकारले योजनाहरु ल्याउनुपर्ने बताए ।
 
मेलाले उद्योगी ब्यबसायी बर बेरोजगार रहेका युवाहरुका सहजिकरण भएकोे महासंघका अध्यक्ष कन्हैयालाल कशौधनले बताए ।
 
Published on: 6 May 2018 | Onlinekhabar

Back to list

;