s

रोजगार व्यवसायी चुनावी दौडमा

वैदेशिक रोजगार व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका कारण चहलपहल बढेको छ। विभिन्न विचारधारामा आवद्ध व्यवसायीले संघको भावी नेतृत्व लिन दौडधुप गरेका कारण चहलपहल बढाएको हो।
 
संघको चुनाव यही असार १७ मा हुँदैछ। अहिलेसम्म नेपाली कांग्रेस, एमालेसमर्थित एवं स्वतन्त्र गरी तीन समूह प्रतिस्पर्धामा उत्रेका छन्।कांग्रेसनजिक रहेको समूहको नेतृत्व बिमल ढकालले र एमालेनजिक रहेको समूहको नेतृत्व सरोजकुमार पोखरेलले गरेका छन्। यस्तै स्वतन्त्र पक्षबाट उमेदवारी दिने समूहको नेतृत्वमा किरण किशोर घिमिरे छन्। प्रत्येक समूहले व्यवसायीलाई
 
आफ्नो पक्षमा पार्न आकर्षक नारा दिएका छन्। सबै समूहले व्यावसायिक र पेसागत सुरक्षामा ध्यान दिँदै, व्यवसायलाई मर्यादित बनाउने, वैदेशिक रोजगार विभागबाट हुने समस्या समाधान गर्नेलगायत प्रतिबद्धता जाहेर गरेका छन्।
 
कांग्रेस पार्टीनजिक रहेका व्यवसायीको समूहका अन्य सदस्यमा कुमुद खनाल प्रथम उपाध्यक्ष, भुवनसिंह गुरुङ द्वितीय उपाध्यक्ष, भागीरथ राई तृतीय उपाध्यक्ष, कमल तामाङ महासचिव, विनोदजंग केसी सचिव र प्रतिमा महर्जन कोषाध्यक्ष छन्। यस्तै कार्यसमिति सदस्यमा राजेशशंकर विक, सोम तामाङ, प्रकाश आचार्य, दीपक सिँजाली, पुष्पराज चौलागाईं, असगर अलि, तेजमाया लिम्बु, चेतुबाबा पोखरेल, रामबहादुर लामा र मच्छिन्द्रनाथ शर्मा छन्। यो समूहको चुनाव प्रचारको जिम्मा विष्णुप्रसाद गैरे र ज्ञानप्रसाद गैरेलाई दिइएको छ।
 
यस्तै एमालेसम्बद्ध व्यवसायीको समूहअन्तर्गत प्रथम उपाध्यक्षमा गोविन्दप्रसाद थपलिया, द्वितीय उपाध्यक्षमा हरिबहादुर पाण्डे, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, महासचिवमा रोहन गुरुङ, सचिवमा राजेन्द्र भण्डारी र कोषाध्यक्षमा हरिप्रसाद थापा उठेका छन्। यो समूहको कार्यसमिति सदस्यमा डिकबहादुर खत्री, शुक्र पाखि्रन, सचिन सेरचन, रामहरि थापा, सरस्वती गुरुङ, मिलन कट्टेल, गोविन्दबहादुर कटवाल, जनक रावल र रोशन कटवाल छन्। यो समूहको चुनाव प्रचार–प्रसार समितिको मूल संयोजक एलपी साँवा लिम्बुलाई बनाइएको छ।
 
स्वतन्त्र समूहअन्तर्गत प्रथम उपाध्यक्षमा शम्शेरबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राधिका कटुवाल, तृतीय उपाध्यक्षमा नवलकिशोर यादव, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा नरेन्द्र ढकाल र कोषाध्यक्षमा नरबहादुर पुनले उमेदवारी दिएका छन्। यो समूहको कार्यसमिति सदस्यमा बलराज तामाङ, विष्णुप्रसाद न्यौपाने, चन्द्रसिंह अदै, डिल्लीराम भुजेल, धनलाल जैसी, लक्ष्मण गुरुङ, मोहम्मद रजा, निर्मल राय अमात्, साजन कटुवाल र सन्जु गुरुङ उठेका छन्। यो समूहको चुनाव प्रचार–प्रसार समितिको मूल संयोजकमा प्रेमबहादुर कटुवाललाई जिम्मेवारी दिइएको छ।
  
Published on: 27 June 2015 | Nagarik
 

Back to list

;