s

रित्तै र्फकंदै छन् बेलायतबाट विद्यार्थी

नवीन पोखरेल

कमाइसँगै उच्च शिक्षा लिने कल्पना साँचेर करिब तीन वर्षअघि बेलायत ओइरिएका हजारौं विद्यार्थी रित्तो हात स्वदेश र्फकंदै छन्् । घरखेत बेचेर लाखौं खर्च गरी बेलायत आएका उनीहरूसँग र्फकंदा हातमा न दाम छ न बेलायती डिग्री नै । 

'लहैलहैमा आइयो, तर यहाँ आएर केही नलिई र्फकनु पर्दा आत्मग्लानि मात्र छ,' यही ३ जुलाईमा र्फकन लागेकी एक छात्राले गुनासो गरिन् । बेलायत सरकारको परिवर्तित अध्यागमन नियम, बढ्दो बेरोजगारी र निजी कलेजले फीका लागि दिने तीव्र दबाब अनि शोषणले नयाँ तथा पुराना विद्यार्थी र्फकने क्रम बढेको हो । 
 
नेपालीमाझ परिचित लन्डनस्थित ट्राभल कन्सोल नामक ट्राभल एजेन्सीका प्रबन्ध निर्देशक विराट भट्टका अनुसार करिब १० महिनायता दैनिक सरदर ८ विद्यार्थी वान वे टिकट लिएर नेपाल फर्किरहेका छन् । विद्यार्थीले गतिलो जागिर अभावमा कलेज फी तिर्न र बाँच्न नै सकस भएपछि र्फकनु मात्र विकल्प रहेको बताएको भट्टले जनाए । 
 
अर्को ट्राभल एजेन्सी देउराली ट्राभलका प्रबन्ध निर्देशक आशिष पन्तले पनि सातामा २० विद्यार्थी नफर्किने गरी नेपाल उडिरहेको बताए । एक वर्षयता उनको एजेन्सीबाट हजारभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन्् । 
 
भिसा सकिएर बढाउने झन्झट नगरी र्फकने विद्यार्थी एकथरी छन् भने अर्कोथरी कलेज बन्द भएपछि नयाँ परिवर्तनको सट्टा भिसा अवधि बाँकी रहेसम्म मात्र बस्ने छन् । तेस्रो थरीका विद्यार्थी भने भिसा एक-दुई वर्ष बाँकी रहे पनि बेलायतमा बस्ने स्थिति सहज नभएपछि र्फकनेहरू छन् । 
 
'केही विद्यार्थी नेपालमा प्रचार गरिएजस्तो शिक्षा प्रणाली नभएपछि बरु नेपालमै केही गर्न सकिने आँटले फर्केको पनि देखें,' पन्तले भने । उनका अनुसार खर्च नभएपछि बस स्टपमा दुई रात सुतेर आएका, ५ दिनसम्म कफी मात्र खाएर बाँचेका, र्फकन पैसा नभएर सहयोग याचना गरेका र कलेज व्यवस्थापन र घरबेटीले पैसा ताकेता गर्दा सबै रित्तिएका विद्यार्थी पनि र्फकनेको सूचीमा उल्लेख्य छ । 
 
रेडिङस्थित एभरेस्ट ट्राभलकी सञ्चालिका सुशीला गुरुङले अघिल्लो वर्षसम्म युरोपेली मुलुक छिर्ने विद्यार्थी निकै भएकामा अचेल त्यता जान कडाइ गरिएपछि सयौं विद्यार्थी नेपाल फर्केको बताइन् । 'काम पनि नहुने, पढाइ पनि नहुने स्थिति भएर धेरै विद्यार्थी टिक्न सकेनन्,' उनले भनिन्, 'मेरै क्षेत्रमा नेपालीद्वारा सञ्चालित कलेजका धेरै विद्यार्थी फर्किए ।' 
 
र्फकने अधिकांश विद्यार्थीको पढाइसमेत बीचैमा अलपत्र छ । 'कलेज सोचेजस्तो भइदिएको भए पढाइ सन्तोषजनक हुन्थ्यो होला तर वास्तविकता त्यो भएन,' नेपालमा ए लेभल सकेर आएका प्रदीपकुमार सिंहले भने, 'केही विद्यार्थीले राम्रो नगरेका होइनन् तर समग्रमा रित्तो हात र्फकने विद्यार्थी नै बढी भए ।' 
 
तीन वर्षअघि बेलायत आएका चूडामणि ढकाल पनि छिट्टै र्फकंदै छन् । 'कलेजहरू शैक्षिक संस्थाभन्दा ओभरसिज कम्पनी भए, जो पढाउनभन्दा कमाउन मात्र लागे,' उनको आक्रोश थियो, 'कलेजकै बेइमानीले हाम्रो यतिका वर्ष बेकारमा खेर गयो । यहाँ आएर न पढ््न सकियो न पैसा कमाउन ।' गत सातामात्र हिथ्रो टर्मिनल फोरबाट आफ्नो दाइभाइलाई बिदाइ गरेर फर्किएका ढकालले बन्द भइसकेको कलेजले अझै पनि शुल्क मागेर हैरान पारेको समेत बताए । 
 
निजी कलेजका लाइसेन्स खारेजी, निलम्बन र सरकारको अध्यागमन कडाइले विद्यार्थी र्फकनुको विकल्प नरहेको सोलिसिटर राजु थापाले बताए । भिसा रिफ्युज र यूकेबीएको नियम उल्लंघन गरी नेपाल फर्काउन लागिएका विद्यार्थीका केससमेत धेरै खेपे उनले । उनी भन्छन्, 'कलेजले दिने आर्थिक दबाब, काम गर्न पाउने अधिकार कटौती, काम नपाउनु र पढ्नभन्दा कमाउने उद्देश्यले लहैलहैमा आएका विद्यार्थी फर्किरहेको देखिन्छ ।' निरन्तर विद्यार्थी फर्किने क्रमले कलेज सञ्चालनमा समेत कठिनाइ भइरहेको सञ्चालक नरेन्द्र कँडेलको गुनासो छ । भिसा थप्नुपर्ने बेला आएपछि र कलेज बन्द भएका विद्यार्थी फर्किरहेको अनुभव उनीसँग छ । 'सरकारको कडाइले आखिर विद्यार्थी, कलेज र सरकार सबैले हारेको स्थिति छ,' उनले भने । 
 
बेलायत सरकारले सन् २००९ मार्च ३१ मा खुकुलो टियर फोर व्यवस्था ल्याएपछि नेपालबाट मात्रै करिब २० हजार विद्यार्थी अध्ययनका नाममा बेलायत आएको अनुमान थियो । यो व्यवस्थासँगै लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी ओइरिएपछि सरकारलाई त्यही नियम अफापसिद्ध भयो । फलस्वरूप गत २१ अपि्रल २०११ बाट अध्यागमन नियममा भएको दुरुपयोग नियन्त्रण, बेलायतमा अध्यागमन संख्या वृद्धि कटौती र कामको मात्र खोजीमा आएका विद्यार्थीलाई दुरुत्साहित गरी बेलायतको शिक्षा प्रणाली मजबुत, प्रभावकारी र गुणस्तरीय बनाउने भन्दै नयाँ अध्यागमन नियम सार्वजनिक भयो । यो नियमसँगै निजी कलेजमा अध्ययनरत विद्यार्थी र डिपेन्डेन्ट दुवैलाई काम गर्न प्रतिबन्ध छ भने भिसा पनि सहजै नआउने र थप्दा अंग्रेजी अनिवार्य गरिएको छ ।
 
 
Published on: 25 June 2012 | Kantipur

Back to list

;