s

रेमिट्यान्सको वृद्धिदरमा पुनरागमन, वैशाखसम्म वर्षकै उच्च

विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर चालु आर्थिक वर्षको १०औं महिनामा आएपछि बढेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ७ प्रतिशतले वृद्धि भएको छ । १० महिनासम्म विदेशबाट ६ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्ष यो समयसम्म रेमिट्यान्स आप्रवाह ५.२ प्रतिशतले मात्रै बढेको थियो ।
 
वैशाखसम्म विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १.८ प्रतिशतले वृद्धि भएको छ । खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले गिरावट आएको छ । समीक्षा अवधिसम्म खुद ट्रान्सफर ६९२ अर्ब २३ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो ।
 
यो वर्ष विदेशबाट नेपालीले आर्जन गरेर पठाउने रकमको वृद्धि अनुपात लगातार ओरालो लागिरहेको थियो ।
 
विदेश जाने घटे
 
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या चैतसम्म ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो ।
 
यो वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको घट्यै छ । अघिल्लो वर्षको समीक्ष अवधिको तुलनामा चालू आवको माघसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको वैशाखसम्म विदेशिनेको संख्या ३ प्रतिशतले घटेेको थियो । वैशाखसम्म झण्डै ३ लाख १५ नेपाली विदेशिएका छन् ।
 
खाडी राष्ट्रको रोजगारी र आर्थिक क्षेत्रमा देखिएको संकट नै विदेश जानेको संख्या घट्नुको मूल कारण मानिएको छ । विदेश जानेको संख्या लगातार घटिरहनुले रेमिट्यान्सको वृद्धिदरलाई प्रभावित गरिरहेको छ । अहिलेसम्म ब्यापार घाटाको बिकराल अवस्थालाई थेग्नेसक्ने गरी रेमिट्यान्स परिचालित भइरहेको छ । तर, आयातको दर बढेको बढ्यै गर्दा रेमिट्यान्सको वृद्धिदर घट्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नसक्छ । विदेशमा कार्यरत ठूलो नेपाली जनशक्तिले पठाइरहेको रेमिट्यान्स उपभोगमै खर्च हुने प्रवृत्तिले पनि समस्या परेको छ ।
 
अहिले नेपालीको ८२ प्रतिशतभन्दा बढी रेमिट्यान्स उपभोगमै सकिन्छ । सरकारले रेमिट्यान्सलाई उत्पादनमुलक क्षमेत्रमा लगाउने नीति लिए पनि योजनाहरु त्यसअनुसार अघि सारिएका छैनन् । त्यसैका कारण आएको रेमिट्यान्सको दुरुपयोग ज्यादा छ ।
 
Published on: 11 June 2018 | Onlinekhabar

Back to list

;