s

रेमिट्यान्स पठाउने झण्झट हट्यो

विनय बञ्जारा

 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाललीलाई घरमै बसेर रेमिट्यान्स पठाउन पाउने सुविधा दिन तयारी थालेको छ। अहिले संसारभर बन्दाबन्दीका कारण मानिसहरु घरबाट बाहिर निस्कन नसक्ने अवस्था आएकाले रेमिट्यान्स पठाउन सहजिकरण गरिरहेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मि श्रले बताए। ‘त्यसका लागि केही प्राविधिक तयारी बाँकी छ, सक्नेवित्तिकै सुरु गर्छौं’, उनले भने।

त्यस्तो प्राविधिक तयारी नसक्दासम्म कोही एक जनाले धेरै मान्छेको नाममा पैसा पठाउन सक्ने बाटो भने राष्ट्र बैंकले खोलिदिएको छ। केन्द्रिय बैंकको उक्त विभागले आइतवार सूचना प्रकाशित गरेर सहजिकरणको बाटो खोलेको हो। यसअघि विदेशबाट पैसा पठाउने व्यक्ति स्वयम् उपस्थिति भएर विदेशी रेमिट्यान्स पठाउनुपर्ने व्यवस्था थियो।

‘अब एउटा कार्यालयमा ५० जना नेपाली काम गर्छन् भने ती सबैको पैसा एक जना साथिले त्यहाँको बैंकमा जम्मा गरिदिन सक्ने छ,’ मि श्रले भने। सम्बन्धीत कम्पनीका प्रतिनिधीले कामदारको पारि श्रमिक बैंकमा जम्मा गरिदिँदा ती कर्मचारीको अनुरोधमा नेपालमा पनि पैसा पठाउन सक्ने व्यवस्था गरिएको छ। अर्थात्, अब कोही विदेशी नागरिकले पनि नेपालमा रेमिट्यान्स पठाउन सक्ने छ।

तर, त्यसरी विदेशबाट पैसा पठाउँदा नेपालमा भएको एक जना हिताधिकारीको नाममा प्रतिदिन एक पटकमा १५ सय अमेरिकी डलरभन्दा बढी पैसा पठाउन पाउने छैन। त्यस्तै, विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। ‘यसरी प्राप्त विवरणको आधारमा नेपाल स्थित विप्रेशण प्रदायक बैंक वित्तीय संस्था एवम् कम्पनीले अन्तिम हिताधिकारी एकिन गरेर नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने’ राष्ट्र बैंकको निर्देशन छ। 

जोखिम 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहजिकरण गर्न अघि सारिएको यस्तो नीतिगत लचकताले अनधिकृत रुपमा विदेशमा पैसा जम्मा गर्नेहरुलाई पनि सम्पत्ती फिर्ता ल्याउन सजिलो पर्नसक्ने रेमिट्यान्स व्यवसायिले बताएका छन्। कर छली र भ्रष्टाचारबाट आर्जित ठूलो सम्पत्ती नेपालीहरुले बाह्य बजारमा पु¥याएका समाचारहरु यदाकदा सार्वजनिक हुने गरेका थिए। कतिपयले भने नेपालमा बैध आम्दानी भए पनि विदेशमा लगानी गर्न नपाइने कानूनी बाधालाई चिर्न हुण्डीजस्ता अबैध बाटोबाट पैसा विदेश पु¥याउँदै आएको व्यवसायिहरु बताउँछन्।

तर, अहिले संसारभर नै अर्थतन्त्रमा समस्या देखिएपछि धेरैलाई विदेशी माटोमा गरेको लगानी ‘गलपाँसो’ भएको छ। यस्ता पैसा नेपाल ल्याउन ठूला व्यवसायिहरु लालायित रहेको एकजना रेमिट्यान्स व्यवसायि बताउँछन्। बैंकका सञ्चालकहरुको संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले पनि गत महिना सरकारलाई विदेशबाट पैसा ल्याउन सम्पत्ती शुद्धिकरणका व्यवस्थाहरुमा लचकता अपनाउन भनेको थियो।

‘हाम्रो अर्थतन्त्रलाई पैसा चाहिएको बेलामा कसैले विदेशमा राखेको पैसा ल्याउँछ भने त्यो उत्साहप्रद कुरा नै हो,’ ती रेमिट व्यवसायिय भन्छन्, ‘तर अनधिकृत रुपमा धेरै नागरिकको व्यक्तिगत विवरण र कागजात संकलन गरेर आफैं बैंक खाता खोल्ने, आफैं चलाउने प्रबृत्तीले चाहीँ भविष्यमा जोखिम ल्याउला की भन्ने डर छ।’ रोजगार कम्पनीको नाममा नागरिकताको प्रमाणपत्र, फोटो र हस्ताक्षरको नमुनासमेत संकलन गर्ने थुप्रै संस्थाहरुले यस किसिमको अनपेक्षित जोखिम निम्त्याउन सहयोग गर्नसक्ने उनले बताए।

Published on: 25 May 2020 | Annapurna Post

Link

Back to list

;