s

रेमिट्यान्स लिने तेब्बर

घटस्थापनापछि जिल्लामा रेमिट्यान्स लिनेको तेब्बर भीड बढेको छ । वैधानिक माध्यमबाट जिल्लामा भित्रिने विप्रेषणको परिमाणमा भने चौगुना वृद्धि भएको सेवाप्रदायकले बताएका छन् । रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्थ्ााका अनुसार दैनिक ५ करोडभन्दा बढी भित्रिने गरेको छ । 

राष्ट्रिय वाणिज्य बैंकमा मात्रै दिनहुँ कम्तीमा ३० लाख विप्रेषण वितरण हुने गरेको छ । बैंककै छेउमा रहेको प्रभु मनी ट्रान्स्फर र हुलाक अगाडिको आईएमईमा थामी नसक्नु भीड छ । यस्तै सिल्खानटोलका आईएमईको कार्यालयमा समेत भीड बढेको छ । सबैमा दैनिक ६० लाखभन्दा बढी विप्रेषण वितरण भइरहेको त्यहाँ ँकार्यरत कर्मचारीले बताए । अन्य बैंक तथा वित्तीय संस्था साथै सहकारी र निजी सेवा प्रदायकमा पनि विप्रेषण कारोबारमा तेब्बर वृद्धि भएको बताए  । 

यही अनुपातमा हेर्दा सदरमुकामका दर्जन बैंक र सहकारी साथै फाइनान्समा विप्रेषण सेवा भएकाले कम्तीमा ५ करोडको अनुमान गरेको हो । रावा बैंकका प्रबन्धक बालमुकुन्द पाठकका अनुसार सबै बैंक र वित्तीय संस्थाको यथार्थ जानकारी आउन नसके पनि विगत केही दिनयता तुलनामा अत्यधिक रेमिट्यान्स भित्रिएको छ ।  

रेमिट्यान्स कारोबार सदरमुकामदेखि ७० किलोमिटर पूर्वको रामपुर उपत्यकाका तीन बैंक र दुई सहकारीले गर्दै आएका छन् । 

पूर्वभेगका केही गाविस र छिमेकी जिल्लालाई रामपुरका बैंक तथा वित्तीय संस्थाले सेवा पुर्‍याउँदै आएको उनले बताए । उनका अनुसार बैंकहरूमा रहेको एबीबीएस सेवाका कारण विप्रेषण ठ्याक्कै कति भित्रिन्छ भन्ने थाहा हुन नसकिने अवस्था छ । उनले केही विप्रेषण कारोबार गर्ने संस्थाको कारोबारको मूल्यांकन गर्दा केही दिनयता अत्यधिक बढेकाले मोटामोटी अनुमान लगाउन सकिने बताए ।  

 Published on: 12 October 2013 | Kantipur

Back to list

;