s

रेमिट्यान्स घट्यो

चालु आर्थिक वर्षको पाचौं महिनामा पनि रेमिट्यान्सको वृद्धिदर निरासाजनक रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङक विप्रेषण आप्रवाह सु्न्य दशमलब ८ प्रतिशतले ह्रास भई २८५ अर्ब ४८करोड रुपैयाँमा सिमित रहेको तथ्यांले देखाएको छ ।
 
बैदेशीक रोजगारीमा जनो नेपालीहरुको संख्यामा आ्रएको कमीका कारण रेमिट्यान्सको वृद्धिदरमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । चालु आवको पाचौं महिनामा श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २.५ प्रतिशतले घटेको छ । अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तरसाउदी अरेविया र कतारजानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।
 
रेमिट्यान्स आउने मुख्य स्रोत रहेको साउदी र कतारमा जाने नेपालीको संख्या समेत घटेको छ। राष्ट्र बैंककाअनुसार मलेसिया जाने कामदारको संख्या बढे पनि साउदी र कतारमा जाने कामदारको संख्या घट्दा त्यसको प्रभाव रेमिट्यान्समा परेको छ । अहिले वैदेशिक रोजगारीमा जानेको संख्या साढे दुई प्रतिशतले घटेको छ ।
 
रेमिट्यान्सपछि शोधानान्तर बचतमा टेवा दिने वैदेशिक लगानी भने केही बढेको छ। तर लगानीसँगै नेपालबाट पुँजीगत ट्रान्सफर पनि बढेको छ । पाँच महिनामा प्रत्यक्ष वैदेशिक लगानी ११ अर्व १२ करोड रुपैयाँ बढेको छ भने पुँजीगत ट्रान्सफर आठ अर्व ८६ करोड रुपैयाँ छ ।
 
Published on: 18 January 2018 | Madhyanha

Back to list

;