s

रेमिट्यान्स भित्रिने क्रम बढ्यो, ७ महिनामा ७ खर्ब प्राप्त

रोविन पौडेल

काठमाडौं : ७ महिनामा देशले करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको ७ महिनाको तुलनामा देशले २७.१ प्रतिशत बढी रेम्यिान्स पाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भइ ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार असोज मसान्तसम्म देशमा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यसयता कात्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब, पुसमा १ अर्ब ५ अर्ब र माघमा १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ ।

सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भइ ३ लाख १४ हजार ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भइ १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।

Published on: 13 March 2023 | Annapurna Post

Link

Back to list

;