s

रेमिट्यान्स २३ प्रतिशत बढ्यो

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म कुल ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २३ प्रतिशत बढी हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको वित्तीय रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार ५ महिनामा ३ अर्ब ७१ करोड डलर रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.३ प्रतिशतले र अमेरिकी डलरमा ६‍‍. ८ प्रतिशतले घटेको थियो ।

Published on: 16 January 2023 | Kantipur

Link

Back to list

;