s

रौतहटका युवाको भारतमा हत्या

रौतहटका एक युवकको भारतको विहारस्थित रमगढवामा गोली हानी हत्या गरिएको छ। रौतहट सदरमुकाम गौर नगरपालिका ९ का ४० वर्षीय दिलीप सिंहलाई भारतको रमगढवामा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

रमगढवामै रहेको शिव शक्ति राइस एन्ड फ्लोर मिलमा मुन्सीका रूपमा कार्यरत सिंहले पछिल्लो समय मिलको आर्थिक कारोबार सम्हाल्दै आएका थिए। मिलका लागि मुजफ्फरपुरबाट पैसा संकलन गरेर फर्केपछि सिंहलाई मिलको गेटमै गोली प्रहार भएको हो।

अत्यन्त नजिकबाट प्रहार भएको गोली सिंहको छातीमै लागेकाले सिंहको घटनास्थलमै मृत्यु भएको गौर नगरपालिका ९ का वडाध्यक्ष अर्जुन सिंहले जानकारी गराएका छन्। सिंहलाई गोली प्रहार गर्ने लुटेरा समूह भएको अनुमान गरिएको छ।

गोली प्रहार गरेपछि सिंहसित भएको २९ लाख भारतीय रूपैयाँ पनि लुटेर भाग्न सफल भएको भारतीय प्रहरीले जनाएको छ। सिंहलाई चार जनाको संख्यामा आएको समूहले गोली प्रहार गरेको जानकारीमा आएको वडाध्यक्ष सिंहले जनाएका छन्।

Published on: 19 October 2023 | Nagarik

Link

Back to list

;