s

राजेन्द्र खड्गी ५ लाख धरौटी बुझाएर छुटे

मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गी धरौटीमा रिहा भएका छन्।
 
पुर्पक्षका लागि थुनामा राख्न गरेको माग उच्च अदालत, पाटनले बदर गरे पछि उनी पाँच लाख धरौटीमा आइतबार छुटेका हुन्।
 
न्यायधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेपछि केन्द्रीय कारागार, सुन्धारामा रहेका खड्गी छुटेका हुन्।
 
खड्गीलाई  फागुन १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत काठमाडौंले फैसला सुनाएको थियो। तर, खड्गी मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए।
 
सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए। फर्किने बेलामा दुई जना मात्र नेपाल आएपछि उनलाई मानव बेचविखनको आरोप लागेको थियो।
 
नेपालस्थित दूतावासले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
 
Published on: 8 April 2018 | Setopati

Back to list

;