s

'राहदानी'सँग रमे बालबालिका

काठमाडौं– वैदेशिक रोजगारमा गएका नेपालीहरुले रेमिट्यान्स मात्र भित्राएका छैनन्। उनीहरुले एड्सजस्तो रोग भिœयाएर आफ्ना परिवारलाई समेत पीडित बनाएका छन् । वैदेशिक रोजगारमा गएर आएकाहरुका सन्तान एचआईभी सक्रमणको शिकार बन्नुपरेको उदाहरण पनि छन् । यस्तै एचआईभी संक्रमित बालबालिकालाई फिल्म 'राहदानी' देखाइएको छ । राजधानीको अष्टनारायण हलमा यस्ता एचआईभी संक्रमित ३० जना बालबालिकाले फिल्म हेरेका थिए ।
 
'राहदानी' हेरेपछि उनीहरुले वैदेशिक रोजगारमा जानेहरुलाई सबै कुरा बुझेर जान र आफ्ना परिवारप्रति जिम्मेवार हुन आग्रह गरे । यसो भएमा आफूहरुजस्तो एचआईभी संक्रमित अरुले हुनु नपर्ने उनीहरुको सुझाव थियो ।
 
फिल्म 'राहदानी' यतिबेला राजधानी र मोफसलका दुई दर्जन बढी फिल्म हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । फिल्ममा डब्बु क्षत्रीको लेखन तथा निर्देशन रहेको छ । यसका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालका अनुसार फिल्मको दोस्रो साताको व्यापार पनि सुखद छ । अझै पनि राजधानीको गोपीकृष्ण, गुण, अष्टनारायण, मोफसलको लालबन्दी, बर्दिबास, सिन्धुलीलगायत विभिन्न स्थानमा 'राहदानी' प्रदर्शन भइरहेको छ ।
 
Published on: 6 April 2016 | Nagarik

Back to list

;