s

कुवेतको हाउजिङ निर्माणस्थलमा पुरिएर ४ नेपालीको मृत्यु

कुवेतको अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको छ। तीन जनाको अवस्था गम्भीर छ । कुवेतस्थित नेपाली राजदुतावासका सूचना अधिकारी जानकी ओझाले जानकारी दिइन् ।

सूचना अधिकारी ओझाका अनुसार वेपत्ता भएका कमदारहरुको खोजी र उद्धार कार्य चलिरहेको छ । १३ जना नेपाली र एक भारतीय कामदार खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउने क्रममा एक्कासी ढुंगासहितकाे पहिरोमा उनीहरु पुरिएका थिए । मृत्यु हुने नेपाली कामदारकाे पहिचान खुल्न नसकेकाे सूचना अधिकारी ओझाले बताइन् ।

दुर्घटनालगत्तै हाउजिङ निर्माणस्थल पुगेकी कुवेतकी आवास तथा निर्माण मन्त्री डा‍‌‍. राना अल फारिसले दुर्घटनाको कारणबारे तत्काल छानविन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छन्।

Published on: 13 February 2020 | Naya Patrika

Link

Back to list

;