s

कतारमा मृत्यु भएका दुई नेपालीका परिवारलाई सवा करोड क्षतिपूर्ति

चार वर्षअघि कतारस्थित खोज तथा अनुसन्धान विभागको जेलभित्र मृत्यु भएका दुई नेपाली कामदारका परिवारले ४ लाख रियाल (झन्डै १ करोड २४ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन् ।

क्षतिपूर्तिका लागि कतारस्थित नेपाली दूतावास पुगेका पूर्णबहादुर सार्कीकी बुहारी र चिरन कापारकी श्रीमती । नेपाली दूतावासका अनुसार कतार सरकारले म्याग्दीका पूर्णबहादुर सार्की र धनुषाका चिरन कापरका हकदारलाई २/२ लाख रियालको चेक मंगलबार दिएको हो। कतारले मृतकका हकदारलाई दोहामै बोलाएर चेक हस्तान्तरण गरेको थियो। प्रहरीले छानबिनका लागि उनीहरूलाई जेलमा राखेको थियो।

२०१४ सेप्टेम्बर १४ को राति कोठाभिक्र मोबाइल चार्ज गर्ने त्रममा आगलागी हुँदा निसास्सिएर उनीहरूको मृत्यु भएको थियो। घटनामा दुई नेपालीसहित चार जनाको मृत्यु भएको थियो। तत्कालीन समयमा कतार सरकारले नेपाली दूतावासका कार्यवाहक राजदूतलाई बोलाई घटनाबारे दुःख व्यक्त गरेको थियो। क्षतिपूर्तका लागि आन्तरिक मन्त्रालयलले पूर्णबहादुरकी बुहारी शान्ति सार्की र चिरनकी श्रीमती काकुल्ती कापरलाई दोहा बोलाएको थियो। क्षतिपूर्ति नेपाली दूतावासको रोहवरमा दिइएको हो। दूतावासले क्षतिपूर्तिका लागि कतार सरकार र पीडित परिवारबीच समन्वय गरेको जनाएको छ।

Published on: 6 March 2019 । Kantipur

Back to list

;