s

कतारस्थित राजदूतसँग स्पष्टीकरण

रोजगारीका लागि कतार पुगेर विविध कारणले बिचल्ली बेहोर्ने नेपाली कामदारलाई उद्धार गर्न सन् २००८ जनवरीबाट सञ्चालनमा आएको आश्रयस्थल बन्द गरिएको र कामदारको समस्या पहिल्याउन छाडेको समाचार आएपछि दोहास्थित राजदूत मायाकुमारी शर्मासँग परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

'कतार सरकारको नियमानुसार आश्रयस्थल सञ्चालन गर्न नपाइने बुझिएको भनेर राजदूतले जवाफ दिनुभयो,' परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले कान्तिपुरसँग भने, 'स्थान अभावले मात्रै अहिले दूतावासको किचेनमा कामचलाउ रूपमा अलपत्र कामदार राखिएको रहेछ ।'

यसअघिका राजदूत सूर्यनाथ मिश्रले कामदार उद्धार र घरफिर्ती सहयोगमा दूतावास परिसरको एउटा कोठामा आश्रयस्थल (सेल्टर हाउस) स्थापना गरेका थिए । दोहामा जस्तै साउदी अरेबिया, कुवेतस्थित दूतावासमा पनि अलपत्र नेपालीको उद्धारमा सेल्टर हाउस सञ्चालनमा छन् ।  म्यानपावर र एजेन्टको ठगीले बिचल्ली पर्नेको संख्या पनि खाडीका रोजगार गन्तव्यमै बढी कतारमै छन् ।

Published on: 10 October 2012 | Kantipur

Back to list

;