s

कतारमा नेपालीलाई २ करोड ३२ लाख क्षतिपूर्ति

कतारको पुनरावेदन अदालतले दुर्घटनामा परेका एक नेपालीलाई २ करोड ३२ लाख रुपैयाँ (८ लाख ६ हजार रियाल) दिनुपर्ने फैसला गरेको छ ।

सडक दुर्घटनामा परी कोमामा गएका गोरखाका बिर्ग गुरुङलाई यति धेरै क्षतिपूर्ति दिएको पहिलो भएको वकिलले दाबी गरेका छन् । २ जनवरी २००९ मा कतारको दोहास्थित कर्निसमा बाटो काट्ने क्रममा गोर्खाका ती नेपालीलाई कारले ठक्कर दिएको थियो ।

अदालतले घर पठाउनसमेत आदेश दिएपछि ५ वर्षदेखि स्थानीय हमाद अस्पतालको छैटौं तलास्थित ६८२ नम्बर उपचार गरी राखिरहेका उनलाई परिवारको सहमतिमा घर पठाइएको छ । अदालतबाट आदेश दिइएको सबै रकम भने पीडित पक्षले पाएको छैन ।

नेपाली दूतावासका अनुसार उनको मुद्दा लड्ने वकिलले सेवा शुल्कबापत ४५ लाख रुपैयाँ -१ लाख ६७ हजार रियाल) लिएका छन् । कतारमा पीडित नेपालीको मुद्दामामिला गर्न सरकारले वकिल राखेको छैन । दूतावासले क्षतिपूर्ति आएकोमध्ये वकिलले पाउने २० प्रतिशत भुक्तानी दिएको छ ।

Published on: 8 November 2013 | Kantipur

Back to list

;