s

कतारमा नेपालीको रहस्यमय मृत्यु

प्रकाश अधिकारी

वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार पुगेका दैलेखका एक युवाको रहस्यमय मृत्यु भएको छ । दोहास्थित कतार बिल्डिङ कम्पनी (क्यिूबिसी) मा कार्यरत रुम गाविस ७ चिउराका २६ वर्षीय जगतप्रसाद जैसी कोठामै मृत अवस्थामा फेला परेका हुन् ।

भदौ १४ गते बिहान साढे ६ बजे उनी कोठामा मृत अवस्थामा फेला परेका थिए । सोही कम्पनीमा कार्यरत सहोदर भतिज दीपक हमालका अनुसार उनी तलब बुझेर घर र्फकने तयारीमा थिए । भिसा स्विकृत भैसकेको थियो । अस्वस्थ पनि थिएनन् । अचानक ओछ्यानमै मृत भेटिए हमालले भने ।

जगतप्रसाद ०६६ साउनमा कतार गएका हुन् । यस अवधिमा उनी बिदामा घर फर्केका थिएनन् । मृत्युको कारण थाहा नपाउँदा परिवारमा अनेक शंका उब्जेको छ ।

Published on: September 2012 | Kantipur

Back to list

;