s

कतारमा अलपत्र कामदारका लागि सहायता कोष

सन् २०२२ को विश्वकप फुटवल आयोजक कतारले अलपत्र कामदारको बचाउ गर्न आवश्यक सहायता तथा पुनर्वासको लागि कल्याणकारी केन्द्र निर्माण गर्ने बताएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा विन साद अल जुफेली अल नुआइमीले ती केन्द्रले अलपत्र कामदारको स्वदेश फिर्तीको टुंगो नलागेसम्म आवास सेवा समेत प्रदान गर्ने बताएका छन् ।
 
पश्चिमी मुलुकहरुले नेपाल लगायतका देशबाट गएका  आप्रवासी कामदार माथि चर्को शोषण भइरहेको भन्ने आरोप निरन्तर रुपमा कतार माथि लगाउँदै आएका छन् । कतारले श्रम कानून सुधार लगायतका काम गरेर सुधारको प्रक्रिया जारी रहेको बताउँदै आएको छ । फिलिपिन्सको १२०औं राष्ट्रिय दिवसको अवसरमा दोहास्थित दूतावासमा भएको कार्यक्रममा मन्त्री अल नुआइमीले अलपत्र कामदारको लागि सहायता कोष स्थापना गर्ने प्रक्रिया पनि चलिरहेको बताएका हुन् ।
 
कोषले श्रम उजुरी केन्द्रको निर्णय अनुसार कम्पनी टाट पल्टेमा अलपत्र आप्रवासी कामदारको भुक्तान गर्न बाँकी तलब प्रदान गर्ने बताइएको छ ।कतारले आप्रवासी श्रमिकको अधिकार सुरक्षित गर्न, स्वच्छ कार्य वातावरण बनाउन र कामदार मालिक बिचको सम्बन्ध सुमधुर पार्न विभिन्न उपाय सँगै कानून परिमार्जित गर्दै आइरहेको मन्त्री नुआइमीले बताएका छन् ।
 
Published on: 20 June 2018 | Madhyanha

Back to list

;