s

कतारमा कामदारलाई दिन थालियो ‘इन्ड अफ सर्भिस’को सूचना

कतार । कतारमा कम्पनीले बोलाएर ‘इन्ड अफ सर्भिस’ भन्दै पत्रमा हस्ताक्षर गर्न सुरू गरेको कामदाहररूले बताएका छन् । कामदार आफू कार्यरत कम्पनी छोड्दा अथवा कम्पनीले निकाल्दा पाउने हिसाबलाई ‘इन्ड अफ सर्भिस (ग्राचुइटी) ‘भनिन्छ ।

कतारको एक प्रतिष्ठित कम्पनीले कामदारलाई बोलाएर अहिलेको अवस्थामा कर्मचारी कटौती गर्न पर्ने अवस्था आएकाले कर्मचारी कटौती गर्न लागेको जानकारी दिएको हो । उनीहरुलाई मे महिनाको अग्रीम तलब समेत कम्पनीले उपलब्ध गराएको छ भने नेपालको उडान नखुलेसम्म खाने र बस्ने सुविधा उपलब्ध गराउने बताएको छ । हाल ति कामदारहरु कोठामै बसेर दिन बिताईरहेका छन् ।

त्यस्तै कतारमा कतिपय कम्पनीले काम नभएको भन्दै कर्मचारीहरुलाई फोर्स रिजाइन पनि दिन लगाएको छ । फोर्स रिजाइन गरेकाहरु पनि आफ्नो देशको उडान रद्द हुँदा कोठामै बस्न बाध्य भएका छन् ।

त्यस्तै रिजाइन दिएर सम्पूर्ण प्रक्रिया पुरा गरेका तथा प्रक्रिया बाँकी रहेकाहरु पनि नेपाल सरकारले खाडी सहित ५५ मुलुकको अन्तर्राष्ट्रिय उडान रद्द गर्दा समस्यामा परेका छन् । केहीसँग न जागरि छ, न घर जान नै संम्भव छ । अहिले उनीहरु समस्यामा छन् । 

विश्वलाई प्रभाव पारेको कोरोना भाइरस (कोभिड-१९) ले कतारमा कार्यरत आप्रवासी कामदारलाई पनि प्रत्यक्ष असर पारेको छ । कोरोनाका कारण कतारमा रहेका नेपाली कामदारहरुले जागिरबाट बिमुख हुनुपर्ने अवस्था आएको हो ।

त्यस्तै नेपाली दूतावास दोहा कतारले नेपालमा प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय उडानहरु तथा नेपालभित्रका आन्तरिक उडानहरुमा लगाइएको अस्थायी प्रतिबन्ध आगामी १५ मे २०२० (शुक्रबार, २०७७ जेठ २ गते) सम्म

रहेको जानकारी दिएको छ । नागरिक उड्डयन प्राधिकरणले २८ अप्रिल २०२० सूचना जारी गर्दै यस्तो जनाएको थियो ।

नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि २० मार्च अर्थात चैत्र ७ गते शुक्रबारबाट युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान सहित ५५ देशबाट नेपाल आउन रोक लगाएको थियो ।

हाल कतारमा ३ लाख ५१ ह्जार नेपालीहरु कार्यरत रहेका छन् ।

Published on: 5 May 2020 | Onlinekhabar

Link

Back to list

;