s

कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी

११ बैशाख, कतार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । 

कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । 

सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् । 

रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् । 

जोन हप्किन्स विश्विद्यालयका अनुसार कतारमा कोरोनाबाट संक्रमितहरुको संख्या ७ हजार ७ सय ६४ पुगेको छ । 

बिहीबार थप ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि कूल संक्रमितको संख्या ७ हजार ७ सय ६४ पुगेको हो । 

कोरोना संक्रमणका कारण कतारमा १० जनाको मृत्यु भइसकेको छ ।

Published on: 23 April 2020 | onlinekhabar

Link

Back to list

;