s

कतारमा तलब वृद्धि : साढे चार लाख नेपाली लाभान्वित

सीता शर्मा

काठमाडौँ, चैत ९ गते । कतारमा चैत ७ गतेदेखि लागू हुनेगरी पारिश्रमिक वृद्धि गरी न्यूनतम तलब एक हजार रियाल (३० हजार रुपियाँ) बनाएको छ । यो लागूू भएसँगै कतारमा रहेका नेपालीसहित अन्य आप्रवासी श्रमिक लाभान्वित हुने भएका छन् ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले गत छ महिना पहिले नै घोषणा गरे पनि अहिले आएर कार्यान्वयनमा ल्याएको हो । न्यूनतम तलब सुविधा अहिले अनिवार्य कार्यान्वयन गर्नुुपर्ने बाध्यकारी व्यवस्था ल्याए पनि कतारमा पाँच हजारभन्दा बढी कम्पनीले यसअघि नै न्यूनतम तलब सुविधा कायम गरिसकेको कतार सरकारले जनाएको छ ।

अब कतारी रोजगारदाता कम्पनीले कतारमा रोजगारीमा रहेका सबै आप्रवासी श्रमिकलाई न्यूनतम तलब एक हजार रियाल तथा अन्य सुविधा उपलब्ध गराउनु पर्नेछ । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीहरूले सोहीअनुरूप श्रमिकसँगको रोजगार करारपत्रमा पनि संशोधन गर्नुपर्ने जनाइएको छ । यो लागू भएसँगै कतारमा हाल कार्यरत झन्डै साढे चार लाख नेपाली श्रमिकले लाभ लिन सक्नेछन् ।

रोजगारविज्ञ डा. गणेश गुुरुङले कतार सरकारले पछिल्लो पटक वृद्धि गरेको तलब र अन्य सेवासुविधाले आमश्रमिक लाभान्वित हुने बताउनुुभयो । कतारले तलब र सेवासुविधा बढाएर लागू गरेको श्रमिकमैत्री नीति मलेसियासहित अन्य खाडीका मुुलुकले पनि सिको गरेमा रोजगारीका लागि पुुगेका नेपालीसहित आप्रवासी श्रमिकलाई फाइदा पुुग्ने उहाँको भनाइ छ ।

पछिल्ला तीन÷चार वर्षयता कतार सरकारले आप्रवासी श्रमिकको पक्षमा धेरै राम्रा काम गर्दै आएको छ । यसअघि कतार सरकारले श्रमिकको हितलाई मध्यनजर गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । उक्त कानुन कार्यान्वयनसँगै सन् २०२० को अन्तिम चौमासिकमा ७८ हजार आप्रवासी श्रमिकले यसको फाइदा लिन सफल भएको जनाइएको छ । यस्तै कतारले एक्जिट भिसाबिना देश छाड्न मिल्नेगरी सन् २०१८ आफ्नो आवासीय कानुनसमेत परिवर्तन गरेर कार्यान्वयनमा ल्याएको थियो ।

यस्तै स्न २०१० मा २०२२ को विश्वकप फुुटबल प्रतियोगिता (फिफा) कतारले आयोजना गर्ने भन्ने घोषणा भएदेखि आप्रवासी श्रमिकलाई लिएर कतार सचेत रहँदै आएको छ । सन् २०२२ मा हुन गएको फिफामा धेरै देशले सहभागिता जनाउने हुनाले पनि आफ्नो देशको प्रतिष्ठालाई माथि पार्न पछिल्लो पटक कतार सरकारले श्रमिकको तलब न्यूनतम एक हजार रियाल पुु¥याएको बताउनुुभयो । यसअघि कतारमा कार्यरत श्रमिकको न्यूूनतम तलब ८०० रियाल थियो । कतारले तलब वृद्धि गरेसँगै कतारमा आप्रवासी श्रमिकको आकर्षण अझै बढ्ने आकलन गरिएको छ ।

नयाँ व्यवस्थामा कम्पनीले श्रमिकका लागि खाना तथा आवासबापतको रकम छुट्टै उपलब्ध गराउनुपर्नेछ भने नयाँ कानुनअनुसार खानाबापत ३०० रियाल तथा आवास सुविधा उपलब्ध नगराइएको भएमा थप ५०० रियाल प्रतिमहिना श्रमिकलाई दिनुुपर्र्नेछ । सन् २०२० को सेप्टेम्बरमा सो मन्त्रालयले छ महिनाको समयावधि राखेर नयाँ कानुन जारी गरेको थियो । कतारको सो घोषणालाई अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)लगायतका संस्थाले ऐतिहासिक भन्दै स्वागत गरेका थिए ।

Published on: 22 March 2021 | Gorkhapatra

Link

Back to list

;