s

कतारमा श्रीमान् गुमाएकी डोलीको क्षतिपूर्ति रकम गायब

श्रवण देव

सबैतिर उसैले हस्ताक्षर गरे पनि रकम पाइनन् | छाँक टार्न मुश्किल भएपछि डोली सदाकी श्रीमान् बौवालाल सदा रोजगारी गर्न कतार गए । कतारमा गएको केही दिनमै ३५ वर्षीय सदाको मृत्यु भएको खबर आयो ।

ऋण लिएर विदेश गएका श्रीमानको मृत्यु भएपछि डोलीमाथि बज्रपात पर्‍यो । एकातिर तीन जना सन्तानलाई पाल्नुपर्ने र श्रीमान विदेश जाँदा लागेको ऋणको बोझले उनी थिचिँदै गइन् ।

क्षतिपूर्ति वापत ४५ लाख पाउने सुनेपछि ऋणको बोझ हट्ने छोराछोरीको पालनपोषण हुने आशमा सन्तोक मानिन् । तर, त्यो आश पनि टुट्यो । राहतका लागि सदरमुकाम राजविराजदेखि राजधानी काठमाडौं समेत धेरै पटक धाइन् तर, हातमा एक रुपैयाँ आएको छैन ।

बौवालालको २०७२ साल फागुनमा मृत्यु भएको थियो । दुई वर्षपछि क्षतिपूर्ति रकम आएको थियो ।

सीडीओबाट निकासा, डोलीको हातमा पुगेन

क्षतिपूर्ति वापत परराष्ट्र मन्त्रालयमार्फत डोलीको नाममा ४५ लाख आयो । उक्त रकम बितरण गर्ने जिम्मा जिल्ला प्रासन कार्यालय सप्तरीलाई दिँदै सरकारले कार्यालयकै खातामा रकम पठाइयो ।

कार्यालयसँग रकम हस्तान्तरण गरेको रेकर्ड पनि छ । तर, क्षतिपूर्ति नपाएको डोलीको गुनासो छ ।

Published on: 2 October 2018 | Onlinekhabar

Back to list

;