s

कतारमा पाँच नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड

कतारको एक प्रतिष्ठित कम्पनी एबल ईन्टरन्याशल नअन्र्तगत रहेको एरोस (द स्पोर्ट्स एण्ड रिकिरियसनल अरगनाईजेशन)ले आफ्नो वाषिर्कोत्सव तथा नयाँ वर्षको अवसर पारेर कामदारलाई अवार्ड वितरण गरेको छ ।

कम्पनीमा कार्यरत हरेक विभागका एकजना कर्मचारीलाई वर्षभरीको उत्कृष्ट कामदार घोषणा गर्दै नगद पुरस्कारसहित प्रमाण पत्र र ट्रफी प्रदान गरेको हो । विभिन्न सात देशका एक हजार ५०० भन्दा बढी कामदारहरु रहेको उक्त कम्पनीका व्यवस्थापन पक्षदेखि कामदारसम्मको साझा सँस्थाको रुपमा एरोसले काम गर्छ ।
 
हरेक वर्ष जस्तै यो वर्ष पनि नयाँ वर्ष तथा वाषिर्कोत्सव मनाउदै वर्षभरी आफ्ना कामदारले गरेको कामको मूल्याङ्गकन गर्दै अवार्ड प्रदान गरेको हो । अवार्डमा विभागीय कर्मचारी अन्र्तगत पाँच नेपालीसहित २६ जना उत्कृष्ट कामदार घोषित भएका थिए ।
 
लेखापालमा तिलकराज पराजुली,सुपरभाईजरमा दिनेश अधिकारी, चालकदलमा प्रकाशबहादुर शाही र रमेश गुरुङ्गसाथै साधारण कामदारमा हेमबहादुर भारतीलाई कम्पनीले वर्षको उत्कृष्ट कामदार घोषणा गरेको थियो । त्यस्तै मार्केटिङ्गमा मोल्ला, अप्रेसनमा मुन्ताज, ग्यारेजबाट निफामसहित २६ जना वर्षकै उत्कृष्ट कामदार बने ।
 
दोहामा आयोजित कार्यक्रममा प्रमुख अतिथी कतारका लागि भारतीय राजदूत पीकुमारनले कम्पनीमा कार्यरत कामदारहरुको लागि एरोसले उत्कृष्ट काम गर्दै अरुहरुका लागि एउटा उदाहरण पस्केको बताए ।
 
कार्यक्रममा एरोसका अध्यक्ष मुजाब रहमान ईके, कम्पनीका स्पोन्सर सईद साद आर एचअल सुबई र,प्रबन्धक निर्देशक सिद्धिक पुराईललगायत विशिष्ट पदमा कार्यरत कर्मचारी तथा कामदारहरुको उपस्थिति रहेको थियो ।
 
Published on: 18 January 2018 | Online Khabar

Back to list

;