s

कतारमा नेपालीलाई समस्या छैन –मन्त्री मन्सुर

श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कतारमा रहेका नेपाली कामदारहरुको बारेमा आफू र आफ्नो मन्त्रालयले सम्पूर्ण जानकारी लिइरहेको भन्दै छिटोभन्दा छिटो समस्याको समाधान हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्ने भन्दै प्रदेश नम्बर २ को निर्वाचनअघि नै संविधान संशोधन गर्ने गृहकार्यमा सरकार जुटेको बताउनुभयो । उहाँले संविधानको दायरालाई फराकिलो बनाउने काममा वर्तमान सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ ।

मन्त्री मन्सुरले आगामी माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्ने प्रतिबद्वता व्यक्त गर्दै दुई नम्बर प्रदेशको निर्वाचन त्यहाँका राजनीतिक दल र जनताकै अपेक्षा अनुसार असोज २ गतेलाई सारिएको स्पष्ट पार्नुभयो ।

Published on: 24 June 2017 | Gorkhapatra

Back to list

;