s

कतारमा नेपाली श्रमिकलाई गर्मीसम्बन्धी सचेतना तालिम

कतार — खाडी मुलुक कतारमा कार्यरत नेपाल मजदुरहरूलाई नि:शुल्क सचेतनामूलक तालिम प्रदान गरिएको छ ।

राजधानी दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार ५० जना नेपाली श्रमिकहरूलाई उच्च गर्मीको असरबाट कसरी बच्ने भन्ने विषयमा सचेतनामूलक तालिम प्रदान गरिएको हो ।

नेपाली श्रमिकको वृत्ति विकासका निम्ति कतारमा काम गर्दै आएको क्यूएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सी तथा बिल्डिङ एन्ड वूडवर्कर्स इन्टरनेसनलको आयोजना एवं दूतावासको सहकार्यमा तालिम भएको दूतावासले जनाएको छ ।

कार्यक्रममा श्रमिकलाई उच्च गर्मीबाट हुने तनाव, शरीरमा देखिने लक्षण, नकारात्मक असरबाट बच्ने उपायहरूबारे प्रशिक्षक बिमल सुवेदीले प्रशिक्षण दिएका थिए । कार्यक्रमले नेपाली श्रमिकलाई गर्मीका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न मद्दत गर्ने आयोजक संस्थाकी संस्थापक महोत्तरी जलेश्वरकी यास्मिन नाजले विश्वास व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कतारका लागि नेपालका राजदूत डा. नरेशविक्रम ढकालले यस्ता उपयोगी कार्यक्रम आयोजना गर्न आगामी दिनमा समेत नेपाली राजदूतावासको निरन्तर सहयोग रहने बताए ।

कार्यक्रममा प्रश्नोत्तरमा सही जवाफ दिने सहभागीहरूलाई पुरस्कृत गर्नुका साथै सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

Published on: 17 June 2024 | Kantipur

Link

Back to list

;