s

कतारमा ‘एक्जिट परमिट’बारे सुनुवाई समिति

आपतकालीन अवस्था र करार अवधि समाप्त भइसकेका आप्रबासी कामदारलाई स्वदेश फर्किन अनुमति (एक्जिट परमिट) नदिने  मालिक र  कम्पनीविरुद्ध सुनुवाई गर्न कतारले उच्चस्तरीय समिति स्थापना गरेको छ ।
 
समितिले मंगलबारबाट यस सम्बन्धी उजुरी लिनेछ । कामदारले सहजै एक्जिट परमिट पाउने व्यबस्था कार्यान्वयन भए कतारमा रहेका नेपाली ४ लाखसहित भारतीय, बंगलादेशी, फिलिपिनी र श्रीलंकाली गरी झन्डै २० लाख आप्रवासी कामदार लाभान्वित हुने अपेक्षा छ ।
 
कतारले राष्ट्रिय मानव अधिकार समिति, श्रम र आन्तरिक मन्त्रालयका प्रतिनिधि रहने गरी यस अघि नै ‘एक्जिट परमिट ग्रिभानसेस कमिटि’ स्थापना गरेको छ ।
 
कतारको आन्तरिक मन्त्रालयका कानूनी मामिला विभागका प्रमुख बिग्रेडियर सलिम सक्वार अल–मुर्खीका अनुसार समितिले कम्पनीविरुद्ध उजुरी परेको तीन दिनभित्र कामदारलाई स्वदेश फर्किने अनुमति प्रदान गर्नेछ । समितिले कामदारको उजुरी अनलाइनबाट समेत लिइने व्यवस्था मिलाएको छ ।
 
Published on: 5 February 2018 | Madhyanha

Back to list

;