s

कतारमा एक नेपालीविरुद्ध मृत्युदण्डको फैसला

कतारस्थित एक अदालतले नेपाली नागरिक अनिल चौधरीलाई मृत्युदण्ढको सजाय सुनाएको छ । महोत्तरीको औरही–१  निवासी चौधरीलाई कतारी नागरिक उमेर मोहम्मद उमेर अल रामजानी अल निउमियोको हत्या आरोपमा अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
 
कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको संयोजनमा चौधरीको जीवन रक्षाको पहल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मृत्युदण्ड फौसलाविरुद्ध कतारको पुनरावेदन अदालतमा मुद्दा दर्ता गरिएको परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन् । ‘मन्त्रालयलाई घटनाका विषयमा पूर्ण जानकारी रहेको छ र मन्त्रालयले कतारको दूतावासमार्फत चौधरीका पक्षमा आवश्यक कानुनी पक्रिया अप्नाइएको छ,’ प्रवक्ता पौडेलले जानकारी दिए ।
 
नेपाल सरकारले वैदेशिक रोजगार विभागलाई चौधरीको पक्षमा मुद्दा लड्दा लाग्ने खर्च तुरुन्नत निकास गर्न निर्देशन दिएको र यसको बोधार्थ श्रम मन्त्रालयलाई पनि बुझाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । अभियुक्त चौधरी र मृतक मोहम्मद नजिकका साथी थिए । घुम्न जाने क्रममा कतारी नागरिकको हत्या भएको नेपालस्थित कतारी दूतावाले जानकारी दिएको छ । यो घटना २०१७ मा भएको हो । 
 
Published on: 5 June 2018 | Annapurna Post

Back to list

;