s

कतारमा एक म्याग्देलीको मृत्यु

हरिकृष्ण गौतम
 
रोजगारको सिलसिलामा कतारमा पुगेका एक म्याग्देलीको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका–१३ सोटाका दिल बहादुर घर्तीको मृत्यु भएको एनआरएन कतारका मजदुर विभाग संयोजक प्रेम रसाईलीले बताए । ‘कम्पनीमै मृत्यु भएको बुझिएको छ । आवश्यक प्रक्रिया पुरा गरेर नेपाल पठाईनेछ’ रसाईलीले बेनीअनलाइनलाई भने । मृत्युको कारण बुझ्न म्याग्देलीको साझा संस्था मोना कतारले राजदुतावास, एनआरएन लगाएत कम्पनीमा कार्यरत नेपालीहरूसंग सम्पर्क गरेको छ ।
 
घर्तीको मृत्यु भएपछि कम्पनीले नेपाली दुतावासलाई खवर गरेको थियो । कम्पनीको नाम समेत खुल्न सकेको छैन् ।दुताबासमार्फत एनआरएनलाई खवर भएपछि म्याग्देलीहरूले घटनाका बारेमा जानकारी पाएका थिए । आर्थिक अवस्था कमजोर रहेको मृतक घर्तीको परिवारमा बुबाआमा, तीन भाईबहिनी, श्रीमति र एक छोरा एक् छोरी छन् । करिव ५ बर्ष अगाडी कतारमा पुगेका घर्तीको मृत्युले सोटा गाउँ शोकमा डुवेको छ ।
 
गाउँको समस्यालाई प्रवासबाट आर्थिक जुटाउने तथा सामाजिक कार्यमा समेत सक्रिय रहेको घर्तीको मृत्यु भएपछि म्याग्देलीले परिवारलाई आर्थिक जुटाउन पहल गर्ने मोना कतारका अध्यक्ष गणेश श्रेष्ठले बताए । घर्ती कार्यरत कम्पनीका म्यानेजरसंग कुराकानी समेत भएको छ । यसैविच शनिबार मोना कतारका पुर्व अध्यक्ष विक्रम कार्कीले मृतक घर्तीको घरमा पुगेर साहनुभुती दिदैं जतिसक्दो छिटो शवलाई नेपालमा ल्याउन म्याग्देलीले प्रयास गरिरहेको बताए । उनले सोटाका स्थानीयसंग छुटै छलफल समेत गरेका थिए ।
 
Published on: 10 April 2016 | Nagarik 

Back to list

;