s

कतारमा एक लाख तलबको प्रलोभन देखाई ठगी गर्ने पक्राउ

काठमाडौं : कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोकका ३१ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरेको हो।

उनले कतारमा एक लाख तलब हुन्छ भन्दै शुक्रबहादुर तामाङसँग पटक-पटक गरी ५ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए।

रकम लिएर फरार भएपछि पीडित शुक्रबहादुरले प्रहरीमा उजुरी दिएका थिए। सोही आधारमा प्रहरीले उनलाई काठमाडौंको माकलबारीबाट पक्राउ गरेको थियो। थप अनुसन्धानका उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ।

Published on: 22 December 2023 | Annapurna Post

Link

Back to list

;